बीएनओः हङकङमा रहेका जातीय अल्पसंख्यकलाई सास्ती, घरमै फसे

बीएनओः हङकङमा रहेका जातीय अल्पसंख्यकलाई सास्ती, घरमै फसे

नेपालखबर
माघ २०, २०७७ मंगलबार १२:५३,

सरकारले बीएनओलाई भ्रमण दस्तावेजको रुपमा मान्यता नदिने बताएपछि हजारौं जातीय अल्पसंख्यकहरु हङकङमै थुनिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

बेलायतले बीएनओधारी र उनीहरुका परिवारलाई आफ्नो देशमा बस्न दिने नियम बनाएपछि मुख्य क्षेत्र चीनले बीएनओलाई नै मान्यता नदिने बताएको थियो।

आइतबारदेखि नै बीएनओले हङकङ बाहिर र भित्र जान नपाइने नियम लागू भइसकेको छ। यस क्रममा बीएनओ मात्र भएका यहाँका जातीय अल्पसंख्यकहरु हङकङ बाहिर जान पाएका छैनन्।

हङकङमा रहेका अधिकतम जातीय अल्पसंख्यकहरुसँग भ्रमण दस्तावेजको रुपमा मात्र बीएनओ छ। उनीहरु चिनियाँ नागरिक नभएकाले उनीहरुसँग अन्य कागजात नभएको बताइएको छ।

हालैमात्र हङकङको क्याथे प्यासिफिक एयरवेजले आफ्ना चालक दलका सदस्यलाई बीएनओ पासपोर्ट त्याग्न आग्रह गरेको थियो।

मुख्य क्षेत्र चीनले नै मान्यता नदिएपछि बीएनओको काम नभएको भन्दै क्याथे प्यासिफिकले आगामी फेब्रुअरी २८ सम्ममा आफ्ना चालक दलका सदस्यलाई बीएनओ पासपोर्ट त्याग्न भनेको थियो।

हाल एचकेएसएआर पासपोर्ट अथवा एचकेआइडीले मात्र हङकङबाट भ्रमणका लागि बाहिर जान र आउन पाइने बताइएको छ।

चीनले मान्यता नदिएपछि हाल हङकङको नर्थ पोइन्टस्थित बेलायतको भिसा सेन्टरमा बीएनओ पासपोर्ट बनाउने र बेलायत बस्न चाहनेको घुइँचो लाग्ने गरेको बताइएको छ।

बेलायतले जसरी पनि उनीहरुलाई बेलायत बस्ने व्यवस्था मिलाउने बताएको छ। जसका कारण बीएनओ बनाउने र बेलायत बस्ने आवेदन दिनेको घुइँचो लागेको अनुमान गरिएको छ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .