चीनले भन्यो : हङकङवासीलाई बेलायतले दिने बीएनओ पासपोर्टलाई मान्यता दिइने छैन

चीनले भन्यो : हङकङवासीलाई बेलायतले दिने बीएनओ पासपोर्टलाई मान्यता दिइने छैन

नेपालखबर
माघ १६, २०७७ शुक्रबार ९:२२,

चीनले हङकङवासीको बेलायत पासपोर्टलाई आधिकारिक कागजात नमान्ने घोषणा गरेको छ।

चीनको विदेशमन्त्रालयका प्रवक्ता झाऊ लिजियनले ब्रिटिश नेसनल ओभरसिज (बीएनओ) पासपोर्टलाई हङकङमा ट्राभल डकुमेन्ट वा परिचयपत्रको रुपमा मान्यता नदिइने बताएका हुन्।

उनले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी गराएका हुन्।

उनका अनुसार आइतबारदेखि नै सो नियम लागु हुनेछ।

चीनको कडा सुरक्षा नीतिबाट पीडित हङकङवासीलाई बेलायतले आफ्नो मुलुकमा दीर्घकालीनरुपमा बस्ने व्यवस्था गर्ने बताएका बेला चीनले यो कदम चालेको हो।

चीनले गत वर्ष हङकङमा राष्ट्रिय सुरक्षा नीति लागु गरेपछि त्यसको विरोधमा ठूलो आन्दोलन भएको थियो।

बेइजिङसमर्थित हङकङ प्रशासनबाट आन्दोलनमा दमन भएको भनी धेरैले हङकङ छाड्न चाहेको भन्दै त्यस्ता पीडितलाई बेलायतले आफ्नो मुलुकमा राख्ने घोषणा गरेको थियो।

तर त्यसको जवाफमा चीनले त्यसरी बेलायत बस्नेहरुले पाउने ब्रिटिश नेसनल ओभरसिज (बीएनओ) पासपोर्टलाई हङकङमा मान्यता नदिने बताएको हो।

यो पनि:

बीएनओ : हङकङवासीलाई एकसाथ अवसर र संकट, नेपाली पनि प्रभावित

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .