हङकङमा सुपुर्दगी विधेयकविरुद्ध विशाल प्रदर्शन

हङकङमा सुपुर्दगी विधेयकविरुद्ध विशाल प्रदर्शन

नेपालखबर
जेठ २७, २०७६ सोमबार ९:६,

हङकङले मुख्यभूमी चीन सरकार समक्ष बन्दीहरू हस्तान्तरण गर्न सक्ने विधेयक ल्याइएपछि लामो समयदेखि त्यसको विरोध हुँदै आएको छ।

आइतबार भएको प्रदर्शन सबैभन्दा ठूलो हो, जसमा लाखौं मानिस सडकमा उत्रिएका छन्।

यो विधेयक संसदबाट पारित भएमा विशेष प्रशासनिक क्षेत्र हङकङमा बेइजिङको राजनीतिक अधिकार झन् बलियो हुने विश्लेषकहरूले बताएका छन्। यस्तो अवस्थामा मुख्यभूमी चीनले यसको दुरुपयोग गर्नसक्ने उनीहरूको आशंका छ।

तर बेइजिङले भने यस्तो कानुन स्वाभाविक भएको बताउँदै विदेशीको उक्साहटमा प्रदर्शन भएको आरोप लगाएको छ।

आइतबार मध्यान्न प्रदर्शनकारीहरु मध्य हङकङमा उपस्थित भएर विधेयकको विरोध गरेका हुन्। उनीहरुले ‘विधेयकविरुद्ध लड्न कहिल्यै नछाड्ने’ नारा लगाएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .