५१ वर्षीय ती व्यक्तिले एक दशकको अवधिमा आफ्नी छोरीमाथि १२ पटक यौन हिंसा गरेको हङकङ प्रहरीले जनाएको छ। उनले ६ पटक बलात्कार समेत गरेको बताइएको छ।
सन् २००९ देखि २०१८ सम्म ती व्यक्तिले छोरीमाथि यौन दुव्र्यवहार गरेको अदालतले पुष्टि गरेको हो।
९ देखि १७ वर्षसम्म किशोरीमाथि कुकर्म हुँदासमेत त्रासका कारण उनले आफ्ना पिताको कर्तुत बाहिर भनिनन्।
हङकङ उच्च अदालतका न्यायाधीश एन्थोनी कोक काइ–अनले भने,‘राक्षसले समेत यस्तो कार्य गर्दैन।’
उनका अनुसार बाघले समेत आफ्नो बच्चा खाँदैन्। यी व्यक्ति राक्षसभन्दा खत्तम भएको उनको भनाइ रहेको छ।
प्रहरीका अनुसार पीडित किशोरीमा मनोवैज्ञानिक समस्याहरु देखिएका छन्। उनलाई मनो परामर्शको खाँचो भएको बताइएको छ। एससीएमपी
जेठ १८, २०७६, शनिबार
प्रतिक्रिया