नयाँ संक्रमितमध्ये ७९ जना स्थानीय स्तरबाटै संक्रमति बनेका व्यक्तिहरु हुन्। यस्तै संक्रमतिमध्ये ३५ जनाको भ्रमण इतिहास पत्ता लाग्न नसकेको बताइएको छ।
यससँगै हङकङमा कोरोना भाइरसबाट संक्रमित बन्नेको कुल संख्या ७८ सय ३ पुगेको छ।
संक्रमितमध्ये १२३ को मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। यस्तै ६४ सयभने कोरोनामुक्त भएका छन्।
यसैबीच सरकारले हङकङमा कार्यरत सबै घरेलु कामदारको कोरोना परीक्षण गर्ने बुधबार जानकारी दिएको छ।
एससीएमपीका अनुसार हङकङमा ३ लाख ९० हजार घरेलु कामदार छन्। उनीहरु सबैको निशुल्क कोरोना परीक्षण हुने भएको हो।
612
Shares
प्रतिक्रिया