हङकङका अर्थमन्त्री भन्छन्ः सन् २०२१ भर सतर्क बसौं, खोपले कोरोनालाई समाप्त गर्दैन

हङकङका अर्थमन्त्री भन्छन्ः सन् २०२१ भर सतर्क बसौं, खोपले कोरोनालाई समाप्त गर्दैन

नेपालखबर
मंसिर २८, २०७७ आइतबार १३:१,

अर्थमन्त्री पल चान मो–पोले कोरोनाविरुद्धको खोपले कोरोनालाई समाप्त नगर्ने भएकाले हङकङबासी सतर्क हुनुपर्ने उनले बताएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

खोपले कोरोनालाई रोकथाम गर्ने तर फेरि संक्रमण हुनबाट भने नजोगाउने उनको भनाइ रहेको छ।

यस्तै उनले हङकङमा कोरोना खोप अभियान संचालन गर्न ढिला हुने पनि संकेत गरे।

खोप खरिद गर्नलाई केही समय लाग्नसक्ने भएकाले हङकङका नागरिकले कोरोनाविरुद्धको नियमलाई पछ्याइ रहनुपर्ने उनको भनाइ छ।

सन् २०२१ भर नै कोरोनाविरुद्धको नियमलाई पालना गरे शहर पूर्ण रुपमा कोरोनामुक्त हुने उनको तर्क छ।

९५ संक्रमित थपिए

हङकङमा आइतबार मात्र कोरोना भाइरसका ९५ नयाँ संक्रमित थपिएका छन्।

९५ नयाँ संक्रमित थपिँदा यहाँ एक ४२ वर्षकी महिलाको कोरोनाको कारण मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

आज थपिएका संक्रमितमध्ये ४१ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्न नसकिएको बताइएको छ।

यससँगै हङकङमा कोरोना संक्रमतिको संख्या ७ हजार ५४१ पुगेको छ। यहाँ कोरोनाका कारण ११७ को मृत्यु भइसकेको छ।

कन्ट्याक्ट ट्रेसिङ गर्न नसकिएका संक्रमितहरु दैनिक रुपमा बढ्न थालेपछि हङकङमा कोरोना संक्रमित तीव्र गतिमा बढ्ने अनुमान गरिएको छ।

गत शनिबार मात्र हङकङकी कार्यकारी प्रमुख क्यारी लामले यहाँका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निशुल्क प्रदान गरिने बताएकी छिन्।

हङकङमा सिनोभ्याक र फाइजरको खोप मागाइएको जानकारी दिइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .