हङकङमा ११२ संक्रमित थपिए, एक हप्ताका ७७ प्रतिशतको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिएन

हङकङमा ११२ संक्रमित थपिए, एक हप्ताका ७७ प्रतिशतको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिएन

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार ११:५५,

यससँगै यहाँ कोरोना संक्रमितको कुल संख्या ७२ सय ९२ पुगेको छ। बिहीबार कोरोनाका कारण थप एक व्यक्तिको मृत्यु भएको पनि बताइएको छ।

संक्रमितमध्ये यहाँ हालसम्म ११४ को मृत्यु भइसकेको छ भने ५९ सय कोरोनामुक्त भएका छन्।

पछिल्लो समय हङकङमा तीव्र गतिमा कोरोना फैलिरहेको छ। त्यसमा पनि धेरै कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न नसकिएपछि समस्या उत्पन्न भएको छ।

यसकारण कोरोना संक्रमित तीव्र गतिमा बढ्ने अनुमान गरिएको छ।

बिहीबार हङकङका स्वास्थ अधिकारीहरुले दिएको जानकारीअनुसार गएको एकहप्तामा देखिएका कुल संक्रमित संख्याको ७७ प्रतिशतको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिएको छैन।

साउथ चाइना मर्निङ पोस्टका अनुसार कन्ट्याक्ट ट्रेसिङ गर्न नसकिएका संक्रमितहरु बढ्न थालेपछि यहाँका स्वास्थ्य अधिकारीहरुले कोरोना ‘विस्फोटक’ रुपमा फैलने चेतावनी दिएका छन्।

त्यसमाथि अब क्रिसमस पर्व आउन लागेको छ। क्रिसमसका कारण विदेशबाट हङकङ फर्कने मानिसहरु धेरै हुने भएकाले हङकङमा कोरोनाको पाँचौं लहर देखा पर्ने पनि विज्ञहरुले चेतावनी दिएका छन्।

हङकङमा अहिले विदेशबाट फर्किने व्यक्तिमा साथै आन्तरिक संक्रमितहरु बढ्न थालेका छन्।

युनिभर्सिटी अफ हङकङका प्राध्यापक युन कोक–युङका अनुसार हङकङमा क्रिसमसमा २० हजार नागरिक विदेशबाट फर्किनेछन्।

युरोप अमेरिका लगायतका क्षेत्रबाट विदा मनाउने उनीहरु आउने र उनीहरुमा कोरोना देखिने चेतावनी दिइएको छ।

प्राध्यापक कोक–युङ भन्छन्,‘विदामा आउने मानिसहरु बार, रेस्टुरेन्टमा जानेछन् र उनीहरुले कोरोना भाइरस सार्नेछन्।’

हङकङका स्वास्थ्य विज्ञ डाक्टर लाउ का–हिन भन्छन्,‘हङकङमा कोरोना महामारीको वर्तमान अवस्था हेर्दा म भन्न सक्दछु, यहाँको अवस्था धेरै गम्भीर बन्दैछ।’

पछिल्लो समय तीव्र गतिमा कोरोना फैलँदै गएपछि हङकङमा धेरै मानिस जम्मा गरेर धार्मिक र भ्रमणका कार्य गर्न नपाइने नियम बनाइएको छ साथै भीडभाड हुने गरेर विवाह कार्यक्रम गर्नमा पनि प्रतिबन्ध लागेको छ।

यहाँ भीडभाडमा मास्क नलगाउने मानिसले १० हजार हङकङ डलर जरिवाना तिर्नुपर्ने नियम पनि बनाइएको छ।

डान्सबार र डिस्कोबाट धेरै कोरोना संक्रमित देखिएपछि हङकङमा हाल त्यस्ता मनोरन्जनात्मक स्थलहरु संचालन गर्नबाट यहाँ बन्चित गरिएको छ भने यहाँका शैक्षिक संस्थाहरु आगामी जनवरीसम्म बन्द गरिने घोषणा गरिएको छ।

अहिले हङकङले धेरै संक्रमित देखिएको स्थानका नागरिकहरुलाई अनिवार्य रुपमा परीक्षण गराउन निर्देशन दिइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .