वर्ल्डोमिटरका अनुसार हङकङमा ६ नयाँ कोरोना संक्रमित थपिएसँगै यहाँ कोरोना संक्रमितको संख्या ५ हजार ६६ पुगेको छ।
यहाँ १०५ को कोरोनाका कारण मृत्यु भइसकेको छ भने कुल संक्रमितमध्ये ४७ सय ८६ उपचारपछि स्वस्थ बनिसकेका छन्।
हङकङमा हाल सामूहिक कोरोना परीक्षण कार्यक्रम जारी छ। यस कार्यक्रम अन्तर्गत हङकङका सबै नागरिकलाई निशुल्क कोरोना परीक्षण गराइनेछ।
यस योजना अन्तर्गत यतिबेला लाखौं मानिसहरुले कोरोना परीक्षण गरिसकेका छन्।
गतहप्ता हङकङकी कार्यकारी प्रमुख क्यारी लामले शहरमा कोरोनाको तेस्रो लहर नियन्त्रणमा रहेको बताएकी थिइन्। यद्यपी कोरोनाविरुद्धको उपाय पछ्याउन उनले सुझाव दिएकी थिइन्।
3
Shares
प्रतिक्रिया