हङकङ राष्ट्रिय सुरक्षा कानून : एप्पल डेलीका संस्थापक जिमी दुई छोरासहित बिहानै पक्राउ

हङकङ राष्ट्रिय सुरक्षा कानून : एप्पल डेलीका संस्थापक जिमी दुई छोरासहित बिहानै पक्राउ

नेपालखबर
साउन २६, २०७७ सोमबार ५:१९,

विदेशीसँग मिलेर बेइजिङलाई अप्ठेरो पारेको सन्देहमा हङकङका मिडिया मुगल जिमी लाइलाई सोमबार बिहानै हङकङ प्रहरीले पक्राउ गरेको छ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार जिमी लाइलाई सोमबार बिहान हङकङको होमान्तिङस्थित निवासबाट पक्राउ गरिएको हो, जहाँबाट उनका दुई छोरासँगै एप्पल डेलीको व्यवस्थापनका केही वरिष्ठ अधिकारी पनि पक्राउ परेका छन्।

जिमी हङकङबाट प्रकाशित हुने चिनियाँ भाषाको टेब्लोइड पत्रिका एप्पल डेलीका संस्थापक हुन्, जो हङकङमा लोकतान्त्रिक आन्दोलनमा युवाहरूसँगै सडकमा रहँदै आएका थिए।

आफ्नो विशेष प्रशासनिक क्षेत्र हङकङको सुरक्षाका लागि भन्दै चीनले जुलाई १ मा राष्ट्रिय सुरक्षा कानून लागू गरेपछि पक्राउ परेका जिमी सबैभन्दा उच्च व्यक्ति हुन्।

Lai HK2

हङकङको टेब्लोइड पत्रिका एप्पल डेलीका संस्थापक जिम्मी लाइ, उनका दुई छोरा र सो पत्रिकाका एक वरिष्ठ कर्मचारीसहित कम्तिमा ७ जनालाई सोमबार हालै लागु गरिएको राष्ट्रिय सुरक्षा कानुनअनुसार गिरफ्तार गरेको हो।

सो पत्रिकाको केन्द्रीय कार्यालयमा २०० भन्दा बढि प्रहरी परिचालन गरी छापा मारिएको थियो।

एक वरिष्ठ अधिकारी सो पत्रिकाका सम्पादकीय विभागमा कार्यरत् र रिपोर्टरहरुलाई गिरफ्तार नगरिने बताए।

स्रोतका अनुसार राष्ट्रिय सुरक्षा विभागका अधिकारीले लाइलाई उनकै कादुरी एभेन्यूस्थित निवासबाट गिरफ्तार गरेका हुन्।

उनले एउटा विदेशी मुलुकसँग मिलेको, राष्ट्रदोही शब्दहरु प्रयोग गरेको ठगीको षडयन्त्र गरेकोले उनलाई पक्राउ गरिएको अधिकारीहरुले बताएका छन्।

उनका दुईमध्ये एकजना छोरालाई विदेशी र बाह्य शक्तिहरुसँग मिलेर राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने गतिबिधिमा संलग्न भएको र अर्का छोरालाई ठगीको षडयन्त्र गरेको आशंकामा पक्राउ गरिएको बतइएको छ।

पक्राउ गरिएका अन्य चार जनामा एप्पल डेयलीका सीइओ च्यङ किम–हङ र प्रमुख वित्तीय अधिकारी च्वो त्याट–क्यन पनि छन्। उनीहरुमध्ये च्वोलाई राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गराएको र च्यङलाई ठगीको षडयन्त्र गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ।

Lai HK3

लाइले एप्पल डेलीको माउ कम्पनी नेक्स्ट डिजिटलको कार्यालयको लिजमा दिएको सम्बन्धमा भूमि विभागलाई झूठो सूचना दिएको आरोप लगाइएको छ।

एक पुलिस अधिकारीका अनुसार छापा मार्ने क्रम जारी छ र अहिलेसम्म ३९ देखि ७२ वर्षसम्मका ७ जना पक्राउ परेका छन्।

‘छापा मार्ने काम जारी छ, थप पक्राउ पर्ने संभावनालाई नकार्न सकिँदैन,’ एक अधिकारीले भने।

लाइका मुख्य सहयोगी मार्क सिमन पनि हङकङ प्रहरीको खोजि सूचीमा रहेका छन् तर अहिले उनी शहरमा नभएका कारण गिरफ्तार भएका छैनन्।

पुलिसले लाइलाई हथकडी लगाएर बिहान करिब ११ बजे उनको अफिसतर्फ लगिएको थियो।

वरिष्ठ सुपरिक्षक स्टिभ क्वाइ–वाहले अदालतबाट वारेन्ट पाएपछि सर्च अपरेसनका लागि सो भवनमा पुगेको बताए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .