एकैदिनमा सयभन्दा बढी कोरोना संक्रमित थपिएसँगै हङकङको सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ।
साथै यहाँका १ लाख ८० हजार सरकारी कर्मचारीलाई आगामी हप्तादेखि घरैबाट काम गर्न भनिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
सरकारी अधिकारीहरुका अनुसार हङकङमा कोरोना संक्रमित पछिल्लो समय तिव्र गतिमा बढेसँगै गत फेब्रुअरीकै जस्तो कडा नियम लागू गरिने भएको छ।
शनिबार मात्र हङकङमा ६४ संक्रमित थपिएका थिए। हालसम्म हङकङमा १८ सयभन्दा बढीमा कोरोना देखिएको छ। संक्रमितमध्ये १२ को मृत्यु हुँदा १२ सयभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन्।
प्रतिक्रिया