हङकङमा एक नेपाली किशोरको मृत्यु

हङकङमा एक नेपाली किशोरको मृत्यु

नेपालखबर
जेठ २२, २०७७ बिहिबार ११:४५,

झापा सुरुङ्गाका १७ वर्षीय किशोर सन्जोक श्रेष्ठ हाल वान चाई मा बसोबास गर्दै आएका थिए।

मङ्गलबार साँझ गम्भीर अवस्थामा फेला परेका उनलाई अस्पताल उपचारको लागि लगिएको थियो।

तर अस्पतालमा उपचारको क्रममै उनको मृत्यु भएको हो।

हाल उनलाई केनेडी टाउनस्थित भिक्टोरिया सार्वजनिक शवगृहमा राखिएको छ।

हङकङस्थित झापा मञ्का उपाध्यक्ष राजु चाम्लिङले नेपालखरसँग भने, ‘पोस्टमोर्टमको नतिजा नआएसम्म मृत्युकाे कारणबारे यसै भन्न सकिन्न।’

मृतक हङकङमै जन्मिएर हङकङमै अध्ययन गर्दै आएका थिए।

उनी आफ्ना दाई र आमासङ्ग वान चाईमा बस्दै आएका थिए। केही समय अगाडि सोही क्षेत्रमा बसोबास गर्दै आएकी एक नेपाली महिलाले भवनको छतबाट हाम फाली आत्महत्या गरेकी थिइन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .