हङकङमा ठुलो आँधी आउन सक्छ : मौसमविद्

हङकङमा ठुलो आँधी आउन सक्छ : मौसमविद्

शुक्रबार-आइतबारको निनो आँधीका कारण ताइपो सेन्टर नजिकै ढलेको रुख (एससीएमपी)


नेपालखबर
साउन १२, २०८३ मंगलबार १८:१५, हङकङ

हङकङका एक मौसमविद्ले यस वर्ष सहरमा बलियो आँधीबेहरी आउन सक्ने सम्भावना औँल्याएका छन्।

गएको मे महिनामा अब्जर्भेटरीले यस वर्ष हङकङदेखि पाँच सय किलोमिटरको दूरीमा चारदेखि सात वटासम्म उष्णकटिबन्धीय चक्रवात आउन सक्ने बताएको थियो। एक मौसमविद्ले ती चक्रवात सुपर टाइफुनमा परिणत हुन सक्ने भविष्यवाणी गरेका हुन्।

फ्रेन्ड्स अफ द अर्थ (एचके)का ती मौसमविद्‌ले तटीय क्षेत्रमा समुद्री पानीको ब्याकफ्लो र बाढीको खतरा औँल्याएका छन्। त्यस्तै, निरन्तर वर्षाले ढलान स्थिरतालाई कमजोर बनाउने, यसकै कारण पहिरोको जोखिम बढ्ने उनको भविष्यवाणी छ।

गएको शुक्रबारदेखि आइतबारसम्म पनि हङकङ आँधीको चपेटामा परेको थियो। नोल आँधीका सहरमा टी१ देखि टी९ सम्मका टाइफुन संकेत जारी भएका थिए।

यो आँधीका कारण ४३ घण्टामा हङकङभरि १८ जना घाइते भए भने भौतिक संरचनामा ठुलो क्षति पुग्यो। समाचारहरूमा जनाइएअनुसार आइतबार दिउँसो १ बजेसम्म ३३१ वटा रुख ढलेको र ८ वटा बाढीको सूचना उल्लेखित भएका थिए।

यसैबिचमा गृह विभागले सहरभरि २९ वटा अस्थीय आश्रय स्थल खोलेको थियो, जहाँ २३५ जनाले आश्रय लिएका थिए।

आँधीका कारण आइतबार हङकङमा ३५० उडान र १९० भन्दा बढी सीमापार उच्च-गति रेलको सेवा तालिकाअनुसार सञ्चालन हुन पाएनन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .