हङकङ अब्जर्भेटरीले सोमबार साँझदेखि मंगलबार बिहानको बिचमा टाइफुन नम्बर १ संकेत जारी हुन सक्ने बताएको छ। सहरमा भारी वर्षा र आँधीबेहरीको सम्भावना देखाउँदै अब्जर्भेटरीले उक्त सूचना जारी गरेको हो।
हङकङ समयअनुसार सोमबार मध्यान्ह साढे १२ बजे दक्षिण चीन सागरको उत्तरी भागमा रहेको न्युनचापीय प्रणाली गुआङदोङ प्रान्तको तटनजिक पुग्ने अब्जर्भेटरीको अनुमान छ।
‘यो उष्णकटिबन्धीय आँधीमा विकसित हुन्छ कि हुँदैन भन्ने कुरा गुआङदोङको तटको नजिक हुँदा निश्चित हुनेछ,’ अब्जर्भेटरी भन्छ, ‘यदि न्युनचापीय प्रणाली उष्णकटिबन्धीय आँधीमा विकसित भयो भने सोमबार साँझदेखि मङ्गलबार बिहानको बिचमा स्ट्यान्डबाइ संकेत नम्बर १ जारी हुनेछ।’
मौसम पूर्वानुमानकर्ताले मङ्गलबार बिहान न्युनचापीय प्रणाली हङकङको सबैभन्दा नजिक हुने र सहरबाट १०० किलोमिटरभित्र रहन सक्ने बताएका छन्।
18
Shares

प्रतिक्रिया