हङकङ भन्सारले १५६ मिलियन हङकङ डलर बराबरको अनुमानित बजार मूल्य भएका फिफा विश्वकपसम्बन्धी नक्कली सामान बरामद गरेको छ।
यी सामानसँगै तस्करी र अनलाइन बिक्रीको आरोपमा ६ जना पक्राउ परेका छन्।
भन्सार तथा अन्तःशुल्क विभागले ‘क्लिन सिट’ नामक अपरेसनमा २९ तस्करीका घटना र विश्वकपसम्बन्धी सामानसँग सम्बन्धित पाँच अनलाइन बिक्रीका घटना पत्ता लागेको जनाएको छ।
मे २६ देखि हिजो बुधबारसम्म चलेको यो अपरेसनमा झन्डै ३० हजार फुटबल जर्सीसहित लगभग २ लाख ३० हजार शंकास्पद नक्कली सामान जफत गरिएको विभागले जनाएको छ।
जफत गरिएका सामानहरूमा फुटबल जुत्ता, गोलकिपर पन्जा, अडियो स्पिकरलगायत छन्।
तस्करी गरी ल्याइएका यी सामानबारे जानकारी दिने उद्देश्यले हङकङ भन्सारले बिहीबार नर्थ प्वाइन्टस्थित आफ्नो मुख्यालयमा एक कार्यक्रम आयोजना गरी बरामद सामान प्रदर्शन गरेको थियो।
‘यस वर्षको विश्वकप इतिहासकै सबैभन्दा ठूलो भएको, धेरै देश सहभागी हुने हुँदा धेरै टोली सहभागी हुने र खेलहरू पनि धेरै आयोजना हुने भएकोले, प्रशंसक र पर्यटकहरूबाट यी सामानको माग पनि स्वाभाविक रूपमा उल्लेखनीय बढ्ने आकलन विभागको छ,’ विभागको बौद्धिक सम्पत्ति अनुसन्धान विभागका वरिष्ठ निरीक्षक वेन चुङद्वारा प्रदर्शनीमा व्यक्त भनाइ उद्धृत गर्दै स्थानीय मिडिया लेख्छ, ‘त्यसकारण, नक्कली उत्पादनको तस्करी बढ्ने अनुमानसहित अपरेसन चलाइएको थियो।
Shares

प्रतिक्रिया