हङकङमा कर्मचारीको तलब बढाउन माग

हङकङमा कर्मचारीको तलब बढाउन माग

नेपालखबर
जेठ २१, २०८३ बिहिबार १८:५१, हङकङ

हङकङका धेरैजसो प्रमुख निजामती सेवा युनियनले कर्मचारीको तलब बढाउन सरकारसँग आग्रह गरेका छन्। वार्षिक तलब समायोजन छलफलको क्रममा उनीहरूले कर्मचारीको मनोबल बढाउन कम्तीमा ४ प्रतिशत तलब वृद्धि अनुमोदन गर्न आग्रह गरेका हुन्।

बिहीबार युनियन प्रतिनिधिहरू र निजामती सेवा सचिव इन्ग्रिड येउङ हो पोइबिच भएको बैठकमा उक्त माग भएको हो। 

यस्तै, सरकारी कर्मचारी संघले सबै निजामती कर्मचारीको लागि ४.१२ प्रतिशत तलब वृद्धि प्रस्ताव गरेको थियो।

बैठकपछि, हङकङ चिनियाँ निजामती कर्मचारी संघका अध्यक्ष चोई क्वुन लुङले यस वर्ष कम तलब पाउने कर्मचारीको लागि खुद तलब प्रवृत्ति सूचक तुलनात्मक रूपमा कम रहेको उल्लेख गरे।

उनले वरिष्ठ र कनिष्ठ कर्मचारीबिचको तलब खाडललाई गहिरो नबनाउनतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार सार्वजनिक गरिएको तलब प्रवृत्ति सर्वेक्षण समितिको प्रतिवेदनमा तल्लो तहका कर्मचारीको २.३३ प्रतिशत, मध्यमको ३.६७ प्रतिशत र माथिल्लो तहका लागि ५.१६ प्रतिशत तलब वृद्धि सिफारिस गरिएको थियो।

तर, अध्यक्ष लुङले यसै पनि हालको भिन्नता  एक लाख हङकङ डलरभन्दा माथि भएकोले यो खाडल अझै गहिर नबनाउन  आग्रह गरेका हुन्। एजेन्सी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .