हङकङको संसदमा विवाद भएपछि १५ विपक्षी सांसदलाई बाहिर निकालियो

हङकङको संसदमा विवाद भएपछि १५ विपक्षी सांसदलाई बाहिर निकालियो

नेपालखबर
जेठ ५, २०७७ सोमबार १०:३१,

हङ्‌कङको संसदबाट प्रजातन्त्रवादी सांसदहरूलाई बाहिर निकालिएको एससीएमपीले जनाएको छ।

चिनियाँ राष्ट्रगानसम्बन्धी प्रस्तावित कानुनबारे विवाद उत्पन्न भएको हो। त्यस प्रस्तावित कानुनमा चिनियाँ राष्ट्रगानको अनादरलाई अपराध मानिने प्रावधान छ।

सोही कानुनलाई प्रभावित पार्न सक्ने संसदीय समितिको नेतृत्वबारे सांसदहरूबीच विवाद भएको बीबीसीले उल्लेख गरेको छ।

अध्यादेशहरू हेर्ने र तीबारे निर्णय गर्न मतदानको मिति तोक्ने संसदीय समितिको नेतृत्वको विषयमा विवाद थियो।

गतहप्ता मात्र संसदका अध्यक्ष चीनपक्षधर सांसद चान किन–पोरलाई संसदीय समितिको नेतृत्व चयन गर्नका लागि निर्वाचन गराउन जिम्मेवारी दिइएको थियो।

सोमबार चान किन–पोर २० जनाभन्दा बढी सुरक्षाकर्मीको साथमा संसद प्रवेश गरेकी थिइन्।

त्यसबीचमा विपक्षी प्रजातन्त्रवादी सांसदहरूले उनीतिर गएर विरोध गर्न खोज्दा सुरक्षाकर्मीले उनीहरुलाई रोकेका थिए।

त्यसबीचमा विवाद उत्कर्षमा पुगेपछि विपक्षी सांसदहरुलाई बाहिर निकालिएको थियो।

अधिकांश प्रजातन्त्रवादी सांसदहरू बाहिर निकालिएपछि बेइजिङलाई समर्थन गर्ने स्टारी ली संसदीय समितिको अध्यक्षमा निर्वाचित भएकी छन्।

विपक्षीहरूका अनुसार अब सरकारलाई चिनियाँ राष्ट्रगान सम्बन्धी कानुन पारित गर्न सजिलो हुनेछ।

संसदबाट बाहिर निकालिएका सांसद एडी चु भन्छन्,‘हङ्‌कङमा प्रजातन्त्र भएको भए हामीले यसरी झगडा गर्नुपर्दैनथ्यो।’

उनका अनुसार अब संसदबाहिर पनि विरोध चर्कनेछ। यसअघि पनि संसदमा यस कानुनको विषयमा विरोध भएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .