हङकङमा ३ दिनदेखि हराएका पदयात्रीको जिवितै उद्धार

हङकङमा ३ दिनदेखि हराएका पदयात्रीको जिवितै उद्धार

उद्धारकर्ताले हेलाई ट्रेलको खण्ड १० मा फेला पारेका थिए (तस्बिर : ह्यान्डआउट)


नेपालखबर
चैत २४, २०८२ मंगलबार ११:६, हङकङ

हङकङको म्याकलहोज ट्रेलमा पैदल यात्रा गर्दा हराएका ७९ वर्षीय चिनियाँ पुरुष सोमबार दिउँसो फेला परेका छन्। शनिबार श्रीमतीसँग यात्रामा निस्केका उनी थकाइ लागेपछि विश्राम गर्ने क्रममा छुटेका थिए र बेपत्ता थिए।

हे चेङ्गन नामका उनलाई उद्धारकर्ताले सोमबार दिउँसो ट्रेल खण्ड १०, ताइतोङको क्वानताई मन्दिर नजिकै जिवित अवस्थामा उद्धार गरेका हुन्। प्रहरीको ट्र्याकिङमा उनी अन्तिम पटक त्यहीँ देखिएका थिए।

उद्धारपछि हेलाई सरकारी हेलिकप्टरबाट चुनमुन अस्पताल लगिएको थियो। उनको स्वास्थ्य स्थिति स्थिर छ।

हे शरीरमा बालुवा लतपतिएको अवस्थामा फेला पारेका थिए। शनिबार पदयात्राका क्रममा जब उनी आश्रयस्थलमा विश्राम लिए र श्रीमतीसँग छुटे, त्यसको केही समयमै हङकङमा मुसलधारे पानी परेको थियो र अब्जर्भेटरीले एम्बर वर्षा चेतावनी जारी गरेको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .