मध्य पूर्वको अशान्तिका कारण विश्वव्यापी रूपमा इन्धनको मूल्य बढ्दै गए तापनि हङकङ अर्थ बजार स्थिर रहेको सहरका वित्त प्रमुख पल चानले बताएका छन्।
भूराजनीतिक अस्थिरताले अन्तर्राष्ट्रिय लगानीकर्तामा हलचल ल्याएको भए पनि सहरको वित्तीय बजार तुलनात्मक रूपमा ‘व्यवस्थित र सहज’ तरिकाले चलिरहेको चानले बताएका हुन्।
‘हालसम्म हङकङमा मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव सीमित छ,’ चानले आइतबार भने, ‘किनकि हाम्रो अर्थतन्त्र मुख्यतया सेवा-सञ्चालित छ र मध्यपूर्वमा हाम्रो सामान निर्यात (कुल व्यापारको) अपेक्षाकृत कम अनुपातमा छ।’
यदि द्वन्द्व जारी रहेको खण्डमा भने यसले विश्वव्यापी रुपमै प्रभाव पार्ने पनि चानले स्पष्ट पारे।
123
Shares

प्रतिक्रिया