हङकङबाट उडेको ब्रिटिस एयरवेजको उडानमा एक यात्रुको मृत्यु: अरूले बिताए १३ घण्टा शवसँगै

हङकङबाट उडेको ब्रिटिस एयरवेजको उडानमा एक यात्रुको मृत्यु: अरूले बिताए १३ घण्टा शवसँगै

नेपालखबर
चैत ८, २०८२ आइतबार १५:३४, काठमाडौँ

हङकङबाट लन्डनका लागि उडेको ब्रिटिस एयरवेजको विमानभित्र एक महिला यात्रुको मृत्यु भएपछि अन्य यात्रुहरूले १३ घण्टाभन्दा बढी समय एउटै क्याबिनमा शवसँगै यात्रा गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू 'द सन', 'डेली एक्सप्रेस' र 'द स्ट्यान्डर्ड' का अनुसार गत आइतबार (मार्च १५) हङकङबाट उडेको उडान नम्बर 'बीए ३२ को विमानमा ६० वर्षीया ती महिलाको उडान सुरु भएको एक घण्टाभित्रै मृत्यु भएको थियो।

ब्रिटिस एयरवेजका प्रवक्ताले फक्स न्यूजसँग कुरा गर्दै घटनाको पुष्टि गरेका छन्। उनले भनेका छन्— 'उडानका क्रममा एक ग्राहकको दुःखद निधन भएको छ। यस कठिन घडीमा हाम्रो सहानुभूति शोक सन्तप्त परिवार र आफन्तजनप्रति छ। हामीले हाम्रा चालक दलका सदस्यहरूलाई आवश्यक सहयोग गरिरहेका छौँ र सबै प्रक्रियाहरू सही रूपमा पालना गरिएको जानकारी गराउँदछौँ।'

ब्रिटिश एयरवेजले घटना र उडानको समीक्षा गरिरहेको जनाएको छ।

विमानभित्र यात्रुको मृत्यु भएपछि शव व्यवस्थापनलाई लिएर चालक दलभित्रै विवाद देखिएको समाचारमा उल्लेख छ। 'फ्लाइट डेक'बाट आएको शवलाई 'टोइलेट' मा राख्ने प्रस्तावलाई 'क्याबिन क्रु' ले अस्वीकार गरेका थिए। त्यसपछि शवलाई कपडाले बेरेर जहाजको पछाडि रहेको 'ग्याली' (खाजा/खाना राख्ने ठाउँ) मा सारिएको थियो।

यद्यपि, उक्त ग्यालीको भुइँ तातो हुने कुरामा चालक दलको ध्यान नपुग्दा उडानको अन्तिम समयतिर विमानभित्र दुर्गन्ध फैलिएको दाबी गरिएको छ। लन्डनको हिथ्रो विमानस्थलमा अवतरण गरेपछि प्रहरीले अनुसन्धानका लागि ४५ मिनेटसम्म सबै यात्रुलाई जहाजभित्रै रोकेको थियो।

उडानका क्रममा हुने यस्ता 'इन्-फ्लाइट' मृत्युका घटनामा अपनाइने प्रोटोकलबारे आम्स्टर्डमको स्किफोल मोर्चुअरीका संयोजक बेन भोस भन्छन्— 'यस्तो अवस्थामा जहाज अवतरण गरेपछि एउटा विशेष सवारी साधन सिधै जहाजको ढोकासम्म पुग्छ। हामी विमानबाट सिधै सवारीमा शव स्थानान्तरण गर्छौँ ताकि अन्य मानिसले देख्न नपाउन्।' 

अध्ययनहरूले देखाएअनुसार आकाशमा हुने यस्ता मृत्युका घटना निकै दुर्लभ मानिन्छन्। तथ्यांकअनुसार उडानभित्र हुने 'मेडिकल इमर्जेन्सी' मध्ये केवल ०.३ प्रतिशत मात्रै मृत्युमा परिणत हुने गरेका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .