हङकङ : लागुऔषध ओसारपसारको आरोपमा एक नेपाली पक्राउ

हङकङ : लागुऔषध ओसारपसारको आरोपमा एक नेपाली पक्राउ

नेपालखबर
मंसिर २४, २०८२ बुधबार १७:१६, हङकङ

हङकङमा लागुऔषध ओसारपसार गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन्। स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार हङकङ प्रहरीले सञ्चालन गरेको दुई दिने अपरेसनका क्रममा हङकङ आईडी बोकेका ती नेपाली पक्राउ परेका हुन्। २१ वर्षीय उनलाई प्रहरीले युनलङको पाटह्युङबाट पक्राउ गरेको हो।

नार्कोटिक्स ब्युरोका अधिकारीले पश्चिमी जिल्ला, एबरडिन र प्याटह्युङमा पक्राउ परेका व्यक्तिद्वारा नियन्त्रित तीन शंकास्पद लागुऔषध भण्डारण केन्द्रमा छापा मारेका थिए। प्रहरी अपरेसन डिसेम्बर ८ र ९ मा चलेको थियो।

उक्त स्थानबाट ३.२ किलोग्राम केटामाइन, लगभग ३५० ग्राम कोकिन, लगभग ८,३०० एक्स्टेसी चक्की र केही मात्रामा मेथाम्फेटामाइन बरामद गरिएको प्रहरीले जनाएको छ। जसको अनुमानित मूल्य २३ लाख हङकङ डलर रहेको छ।

पक्राउ परेका व्यक्तिलाई खतरनाक लागुऔषध ओसारपसारको अभियोगमा मुद्दा चलाउने प्रहरीको तयारी छ। उनलाई भोलि (बिहीबार) बिहान चुनमुन मजिस्ट्रेट अदालतमा उपस्थित गराइनेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .