हङकङ : उडानका क्रममा पहाडमा ठोकिँदा प्याराग्लाइडरको मृत्यु

हङकङ : उडानका क्रममा पहाडमा ठोकिँदा प्याराग्लाइडरको मृत्यु

शेकओस्थित ड्र्यागन ब्याक लोकप्रिय ठाउँ हो (एससीएमपी)


नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १५:२४, हङकङ

दक्षिणी हङकङको पहाडमा ठोकिएर एक प्याराग्लाइडरको मृत्यु भएको छ। प्रहरीका अनुसार शेकओमा रहेको ड्र्यागन ब्याकमा मंगलबार दिउँसो २:२० बजे प्याराग्लाइडिङ गर्दा दुर्घटना भएको हो।

६८ वर्षीय व्यक्तिले एकल उडान भरेको प्याराग्लाइडिङ टेक अफ पोइन्टबाट करिब ५०० मिटर टाढा शेकओ पिक नजिकै दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनास्थलमा बेहोस अवस्थामा भेटिएका प्याराग्लाइडरलाई सरकारी उडान सेवाको हेलिकप्टरद्वारा चाइवानको पामेला युड नेदरसोल पूर्वी अस्पतालमा पुर्‍याइएको थियो। जहाँ उनलाई दिउँसो ३:४७ बजे मृत घोषित गरियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .