हङकङको ताइपोस्थित वाङफुक कोर्ट नामको आवासीय भवनमा बुधबार भएको भीषण आगलागीमा मृत्यु भएकाहरूको सम्झनामा शनिबार तीन दिनका लागि शोक सुरु गरिएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार आगलागीमा परी अहिलेसम्म १२८ जनाको मृत्यु पुष्टि भएको छ भने अझै १५० जना बेपत्ता छन्।

शनिबार बिहान तीनदिने शोक सुरुवात गर्दै हङकङका प्रमुख कार्यकारी जोन ली का-चिउको नेतृत्वमा अधिकारीहरूले सरकारको मुख्यालयमा ३ मिनेट मौन धारण गरे।
सोमबारसम्म सबै १८ जिल्लामा बिहान ९ बजेदेखि राति ९ बजेसम्मका लागि शोक पुस्तिका राखिएका छन्।

शनिबारदेखि सोमबारसम्म सबै सरकारी भवनमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ।
यसैबीच घटनास्थलको ब्लकमा भइरहेको मर्मतमा भ्रष्टाचार गरेको आशंकामा ८ जनालाई पक्राउ गरिएको छ।
यसअघि हत्या आरोपमा ३ जनालाई पक्राउ गरिसकिएको समाचारमा उल्लेख छ।
861
Shares

प्रतिक्रिया