हङकङस्थित नेपाली महावाणिज्यदूतावासले निकट भविष्यमै नेपालमा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम गर्ने भएको छ।
जसमा हङकङमा नेपाली व्यवसायीहरूद्वारा सञ्चालनमा रहेका ट्राभल एन्ड टुर कम्पनीलाई सहभागी गराउने महावाणिज्यदूतावासले जनाएको छ। तर, यसमा सहभागी हुन भने त्यस्ता कम्पनीले महावाणिज्यदूतावासमा कम्पनी सूचीकरण गराउनुपर्ने छ।
महावाणिज्यदूतावासले आज एक विज्ञप्ति प्रकाशित गर्दै सहभागी हुन इच्छुक नेपाली व्यवसायीद्वारा सञ्चालित ट्राभल एन्ड टुर कम्पनीलाई दर्ता हुन आग्रह गरेको हो।
विज्ञप्तिमा भनिएअनुसार त्यस्ता कम्पनीले २ डिसेम्बर २०२५ (१६ मंसिर २०८२) सम्म महावाणिज्यदूतावासको इमेलमार्फत कम्पनी सूचीकरण गर्न सक्ने छन्।
जसका लागि महावाणिज्यदूतावासलाई सम्बोधन गरी लेखिएको पत्र, हङकङकको सरकारी निकायमा कम्पनी दर्ता भएको प्रमाणपत्र वा कागजत, ट्राभल एन्ड टुर सञ्चालकको परिचयपत्र (हङकङ आईडी)को प्रतिलितपि, कम्पनीको सम्पर्क व्यक्तिको नाम, इमेल र सम्पर्क नम्बर सहितको कागजात इमेल गर्न सकिनेछ।
महावाणिज्यदूतावासका अनुसार, सूचीकरण भएका कम्पनीको विवरण कार्यालयको वेबसाइटमा राखिने छन्।

Shares

प्रतिक्रिया