२५औँ मकाउ खाद्य महोत्सव १४-३० नोभेम्बरमा

युनाइटेड नेपाली डायस्पोरा मकाओले यस पटक पनि भाग लिने
२५औँ मकाउ खाद्य महोत्सव १४-३० नोभेम्बरमा

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १६:३१, मकाउ

मकाउमा हरेक वर्ष हुने गरेको खाद्य महोत्सव यस वर्ष १४ देखि ३० नोभेम्बरसम्म हुने भएको छ। महोत्सव ‘कुलिनरी सिटी’ कार्यक्रमहरूको शृङ्खलासँगै सञ्चालन हुने भएको छ। जसको उद्देश्य स्थानीय साना व्यवसायहरूलाई सहयोग गर्नु हो।

‘कुलिनरी सिटी’ कार्यक्रममा चिनियाँ शेफ च्याम्पियनसिप र नवीनतम खानपान उपकरण प्रदर्शन हुने छन्।

१७ दिनसम्म चल्ने महोत्सवमा झन्डै १५० खाद्य स्टल प्रस्तुत गरिने छन्। मकाउको साईभान लेक स्क्वायरमा आयोजना हुने महोत्सवको यो २५औँ शृङ्‌खला हुनेछ।

खाद्य महोत्सवको आयोजक समितिका अध्यक्ष चानचक मोलाई उद्धृत गर्दै स्थानीय मिडियामा उल्लेख भएअनुसार यस वर्षको कार्यक्रममा पनि स्थानीय व्यापारी, संस्थालाई भाग लिन आमन्त्रित गरिनेछ।

खाद्य महोत्सवमा मकाउस्थित नेपालीहरूको संस्था युनाइटेड नेपाली डायस्पोरा मकाओले पनि भाग लिने भएको छ। अघिल्लो वर्षको २४औँ महोत्सवमा पनि संस्थाले सहभागिता जनाएको थियो। जुन, नेपालीहरूको पहिलो सहभागिता बनेको थियो।

अघिल्लो वर्षको सहभागितालाई निरन्तरता दिँदै यस वर्ष पनि महोत्सवमा भाग लिन लागिएको कार्यक्रमका संयोजक पूर्ण गुरुङले नेपालखबरलाई बताए।

मकाउ फुड फेस्टिवलको २५औँ वार्षिकोत्सव मनाउन, ग्यालेक्सी इन्टरनेसनल कन्भेन्सन सेन्टरको भुइँ तलामा ‘पाककला सहर’ कार्यक्रमहरूको श्रृंखला पनि सञ्चालन हुनेछ।

पहिलो कार्यक्रम अन्तर्राष्ट्रिय चिनियाँ खाना शेफ च्याम्पियनसिप हुनेछ जसमा विश्वभरका ४० भन्दा बढी देश र क्षेत्रका टोलीले प्रतिस्पर्धा गर्नेछन्।

दोस्रो कार्यक्रम अन्तर्राष्ट्रिय खानपान स्मार्ट उपकरण एक्स्पो हुनेछ, जसले खानपान र आतिथ्य क्षेत्रका लागि नवीनतम उत्पादन, उपकरण, प्रविधि, सेवा र आविस्कार प्रदर्शन गर्नेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .