टिम एसियाले जित्यो हङकङ नेप्लिज टेनिस सोसाइटीको दोस्रो नेसन्स कप

टिम एसियाले जित्यो हङकङ नेप्लिज टेनिस सोसाइटीको दोस्रो नेसन्स कप

विजेतालाई ट्रफी हस्तान्तरण गर्दै सोसाइटीका अध्यक्ष किशोर गुरुङ


मगेन्द्र राई
असोज २२, २०८२ बुधबार १३:४४, हङकङ

हङकङमा नेपालीहरूद्वारा स्थापित हङकङ नेप्लिज टेनिस सोसाइटीले आयोजना गरेको एक दिवसीय ‘दोस्रो नेसन्स कप-२०२५’ को उपाधि टिम एसियाले हात पारेको छ।

गत आइतबार (५ अक्टोबर)का दिन अनसानस्थित नवनिर्मित गोपार्क साइसामा आयोजित उक्त प्रतियोगिताको फाइनल खेलमा टिम एसियाले टिम हङकङ ओलम्पिकलाई पराजित गरेको हो।

टिम इभेन्ट बेस्ट अफ थ्रिको फाइनलमा सिंगल्सतर्फ टिम एसियाका नाआमले टिम हङकङ ओलम्पिकका चियाङलाई ६-२ को अन्तरले पराजित गरे भने डबल्सतर्फ टिम एसियाका खेलाडीद्वय एडविन र मासायुकीले टिम हङकङ-ओलम्पिकका डोनाल्ड टो र थोमस एन्जीलाई ६-४ ले पराजित गर्दै टिम एसियालाई उपाधि जिताए।

दुई समूहमा विभक्त गरी खेल राउन्ड रोबिन फर्म्याटमा खेलाइएको उक्त प्रतियोगितामा हरेक टिमले सिङ्गल्स र डबल्स म्याच खेलेका थिए। दुवै टिमका शीर्ष अंक प्राप्त गर्ने टिमले उपाधिका लागि भिडेका थिए।

प्रतियोगितामा कुल ८ टिमको प्रवेश भए पनि प्रतिकूल मौसमका कारण टिम मकाउ अनुपस्थित रहेको थियो भने नेपालबाट आउने भनिएका खेलाडी नेपालको बदलिँदो परिस्थितिका कारण भिसा स्वीकृत समयमा हुन नसक्दा आउन नसकेको कुरा सोसाइटीका सचिव टेकेन्द्र सुब्बाले नेपालखबरलाई बताए।

प्रतियोगितामा टिम नेपाल-हङकङ, टिम हङकङ-ओलम्पिक, टिम हङकङ-न्यु टेरिटोरी मिक्स्ड, टिम एसिया मिक्स्ड, टिम कोरिया-हङकङ, टिम फिलिपिन्स-हङकङ र टिम इन्डिया-हङकङ गरी कुल ७ टिमका खेलाडीको सहभागिता थियो।

सोसाइटीका अध्यक्ष किशोर गुरुङले विजेता टिमलाई नगद ४ हजार हङकङ डलर, ट्रफी, मेडल र टोकन अफ लभ प्रदान गरे भने उपविजेतालाई २ हजार हङकङ डलर, प्लेट र टोकन अफ लभ प्रदान गरे। साथै सहभागी सबैलाई टोकन अफ लभ प्रदान गरे।

पुरस्कार वितरण समारोह सोसाइटीका सचिव टेकेन्द्र सुब्बाले सञ्चालन गरेका थिए।
  

प्रतियोगितामा याउचि मङ जिल्ला जिल्ला पार्षद् अरुणा गुरुङको पनि उपस्थिति थियो।

फिटनेस, फन र फ्रेन्डसिपको अवधारणामा सन् २०११ मा स्थापित टेनिस सोसाइटीले सन् २०१५ मा प्रथम नेसन्स कप सम्पन्न गरेको थियो।

टुर्नामेन्ट डाइरेक्टर सन्जिव राईले यस प्रकारको प्रतियोगिता हरेक साल आयोजना गरेर अन्तर्राष्ट्रियस्तरको ब्रान्डेड टुर्नामेन्ट बनाउने बताए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .