हङकङमा बढ्यो घरेलु कामदारको तलब

हङकङमा बढ्यो घरेलु कामदारको तलब

सेन्ट्रलमा बिदा मनाउँदै विदेशी घरेलु कामदार (एससीएमपी)


नेपालखबर
असोज १३, २०८२ सोमबार १८:११, हङकङ

हङककङ सरकारले घरेलु कामदारको मासिक न्यूनतम ज्याला बढाएको छ।

२.२ प्रतिशतले बढेर ५,१०० हङकङ डलर पुगेको तलब मङ्‌गलबार वा त्यसपछि हस्ताक्षर गरिएका रोजगार सम्झौतामा लागू हुने सरकारको सोमबारको घोषणामा भनिएको छ।

मासिक खाद्य भत्ता न्यूनतम हङकङ डलर १,२३६ भने अपरिवर्तित रहेको छ। खाद्य भत्ता नि:शुल्क खाना नपाउने कामदारले पाउने छन्।

स्थानीय रोजगारदाता समूहले घरेलु कामदारको न्यूनतम तलबमा ३० प्रतिशतसम्म वृद्धि गरी मासिक ६,५०० हङकङ डलर प्रतिमहिना पुर्‍याउन आह्वान गरेका थिए।

हाल घरेलु कामदारको मासिक तलब न्यूनतम ४,९९० हङकङ डलर रहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .