हङकङ : राष्ट्रिय दिवसमा यी सडक हुने छन् बन्द

हङकङ : राष्ट्रिय दिवसमा यी सडक हुने छन् बन्द

२०२४ को राष्ट्रिय दिवसमा आतिशबाजी हेर्नेको भिड (एससीएमपी)


नेपालखबर
असोज १०, २०८२ शुक्रबार १९:२९, हङकङ

हङकङमा राष्ट्रिय दिवसमा १ अक्टोबर साँझ आतिशबाजी गरिने भएको छ।

भिक्टोरिया हार्बरको दुवै छेउमा साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रममा २ लाख ९० हजार मानिस भेला हुने अनुमान गरिएको छ। कार्यक्रममा झाहिट एनिमेसन र राष्ट्रिय खेलकुद पनि समावेश हुने छन्।

कार्यक्रममा सहभागी दर्शकको भिड व्यवस्थापनका लागि चिमसा चोई क्षेत्रका प्रमुख सडकहरू चरणबद्ध रूपमा बन्द गरिने सरकारले बताएको छ। 

यी सडकबाट यात्रा गर्न चाहनेहरूलाई परिवर्तित बस रुटसहित ट्राफिक व्यवस्थामा ध्यान दिन र पश्चिम काउलुन जिल्ला एवं हङहोम प्रोमेनेड जस्ता कम भिडभाड हुने क्षेत्र प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

विगतका वर्षका कार्यक्रमलाई आधार मानेर ट्राफिक व्यवस्थापन मिलाइएको प्रहरीले जनाएको छ।

‘विगतमा, हङकङ सांस्कृतिक केन्द्र र चिमसा चोईको एभिन्यु अफ स्टार्स नजिकका क्षेत्रमा ठूलो भिड जम्मा हुन्थ्यो,’ काउलुन वेस्टको ट्राफिक प्रवर्तन र नियन्त्रण विभागका कार्यवाहक सुपरिटेन्डेन्ट हो चुनलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्ट लेख्छ, ‘हामी दर्शकलाई वेस्ट काउलुन कल्चरल डिस्ट्रिक्ट, चिमसा चोई प्रोमेनेड र हङहोम प्रोमेनेड जस्ता कम भिडभाड हुने क्षेत्र विचार गर्न सुझाव दिन्छौँ।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .