हङकङमा संविधानमा दिवसको कार्यक्रम रद्द गरिएको छ। ६ असोज (२१ सेप्टेम्बर)मा गरिने भनिएको कार्यक्रम नेपालमा विकसित पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै रद्द गरिएको महावाणिज्यदूतावासले जनाएको छ।
नेपालमा सोमबार जेनजीको शान्तिपूर्ण आन्दोलनमा भएको व्यापक दमनका कारण भोलिपल्ट हिंसा भड्किएको थियो।
भड्किएका प्रदर्शनकारीले राष्ट्रपति निवास, प्रधानमन्त्री निवास, सिंहदरबार, सर्वोच्च अदालतदेखि दर्जनौँ सरकारी भवन र नेता तथा व्यक्तिका घरमा आगो लगाउनुका साथै सांघातिक आक्रमणमा समेत उत्रिएका थिए।
भड्किएको आन्दोलनले नेपालमा सत्ता संरचना नै कायापलटको अवस्थामा पुर्याएको छ भने देश सरकारविहीन अवस्थामा गुज्रिरहेको छ।
जेनजी प्रदर्शनका क्रममा हालसम्म ३४ जनाको ज्यान गएको पुष्टि भएको छ।

60
Shares

प्रतिक्रिया