एनआरएनए हङकङको आसन्न १०औँ अधिवेसनमा अध्यक्ष पदका लागि प्रत्यासी बनेका जयन्ती गुरुङ (संगिता)को नेतृत्वमा १४ सदस्यीय सामान्तर कमिटी गठन गरिएको छ।
जोर्डनस्थित नमोःबुद्ध धर्म आमा समूह गुम्बामा बनाइएको १९ सदस्यीय पूर्ण कमिटीका अन्य रिक्त पदहरूमा आगामी मिटिङमा छलफलबाट पूर्ति गरिने जनाइएको छ।
हङकङमा रहेको एनआरएनएमा उम्मेद्वारी दिएर पनि किन अर्को कमिटी गठन भयो भन्ने प्रश्नमा अध्यक्ष जयन्ती गुरुङ (संगिता) भन्छिन्, ‘हङकङ रहेको एनआरएनएकै कार्य समितिको लागि उम्मेद्वारी दर्ता गर्दा देखिएका असभ्यता, त्रुटी तथा हङकङको नयाँ कानून बमोजिम संस्था नचलेको तथा नेपाल सरकारले मान्यता दिएको केन्द्रीय कमिटीको विरूद्ध रहेको साविक कार्यसमितिको आचरण रहेकोले विधि विधान नियमसंगत गर्न अर्को कमिटीको विकल्प रहेन।’
हाल भैरहेको एनआरएनए कुनै व्यक्ति विशेषको भएको र सदस्यता पनि आईएमइस सिस्टमले हङकङका मानिसको महत्वपूर्ण कागजपत्र विदेश पुराएकोले यसको औचित्य समाप्त भएको सामान्तर कमिटीका अध्यक्ष जयन्ती गुरुङले बताइन्।
साथै चाँडै नै हङकङको कानुन बमोजिम सदस्यता वितरण गरि आगामी ६ महिनाभित्र अधिवेसन गरिसक्ने लक्ष्य रहेको जानकारी दिए।
Shares

प्रतिक्रिया