एनआरएनए हङकङले गर्‍यो दसौँ अधिवेशन, अध्यक्षमा अनु राई

एनआरएनए हङकङले गर्‍यो दसौँ अधिवेशन, अध्यक्षमा अनु राई

नेपालखबर
साउन ७, २०८२ बुधबार २३:५३, हङकङ

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङकको अध्यक्षमा अनु राई निर्वचित भएकी छन्।

सोमबार जोर्डनस्थित इन्डिया क्लबमा सम्पन्न एनआरएनए हङकङकको १०औँ अधिवेशनबाट राईको नेतृत्वमा १० सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ।

त्यसैगरी उपाध्यक्षमा सन्तोष कुमार गुरुङ र कविता गुरुङ चयन भएका छन् भने महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः  इन्दर पुन,  विश्वनाथ घिसिङ, अर्जुन गौचन निर्वाचित भएका छन्।

त्यस्तै, महिला संयोजकमा सत्यवती गहतराज र युवा संयोजक मनोज गौतम चयन भएका छन्। सदस्यमा डुबबहादुर गुरुङ चयन भएका छन्।

आईसीसी सदस्य दिल्लीराज विश्वकर्मा चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष राई एनआरएनए हङकङको २ कार्यकाल महिला संयोजक र २ कार्यकाल उपध्यक्ष भइसकेकी छन्।

उक्त अधिवेशनको खुला सत्रको प्रमुख अतिथि हङकङ मकाउका लागि महावाणिज्यदूत विन्देश्वरप्रसाद लेखक रहेका थिए। लेखकले एनआरएनएसँग सहकार्य गर्दै दूतावस अघि बढ्ने बताएका थिए।

यस्तै, हङकङमा एनआरएनएको अर्को टिम पनि बनेको छ। अध्यक्षको प्रत्यासी जयन्ती गुरुङले छुट्टै टिम निर्माण गरेकी हुन्। गुरुङले आफ्नो टिम स्वच्छ र वास्तवमै एनआरएनएका लागि काम गर्ने संस्था भएको र निकट भविष्यमा अधिवेशन गर्ने नेपालखबरलाई बताइन्।

एनआरएनए हङकङमा लामो समयदेखि नेतृत्वका लागि हानथाप हुँदै आएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .