हङकङमा मंगलबार भएको ट्रक दुर्घटनाका चालक पक्राउ परेका छन्। हिजो बिहान तीव्र गतिको ट्रकले नियन्त्रण गुमाउँदा चाथम रोड उत्तरमा रहेको बस स्टपमा गएर ठोकिएको थियो।
यस दुर्घटनामा एक महिलाको मृत्यु भएको थियो भने अर्की घाइते भइन्। दुर्घटनापछि चालक फरार थिए।
मानिसको ज्यान जानेगरी दुर्घटना गराएर चालक भागेपछि हिजो प्रहरीले ट्रक मालिकलाई पक्राउ गरेको थियो। उनी अझै हिरासतमै छन्।
स्थानीय मिडिया साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार आज पक्राउ परेका व्यक्ति भारतीयमूलका हुन्। ४९ वर्षीय उनलाई खतरनाक ड्राइभिङका कारण व्यक्तिको ज्यान गएको अभियोगमा पक्राउ गरिएको हो।
हिजो भएको उक्त दुर्घटनामा ५० वर्षीया महिलाको मृत्यु भएको छ भने ३३ वर्षीया अर्की महिला घाइते भएकी छन्।
312
Shares

प्रतिक्रिया