हङकङमा छोरा कोरोना संक्रमित भए, झुक्किएर नेपाली बाबु अस्पताल भर्ना गरिए

हङकङमा छोरा कोरोना संक्रमित भए, झुक्किएर नेपाली बाबु अस्पताल भर्ना गरिए

मगेन्द्र राई
चैत २५, २०७६ मंगलबार १६:२१,

 

हङकङमा स्वास्थ्यकर्मीहरू झुक्किएर कोरोना भाइरस संक्रमित छोराको सट्टामा एक नेपाली बाबुलाई अस्पताल भर्ना गरिएको स्वास्थ्य अधिकारीहरूले मंगलबार बताएका छन्।

हङकङको सरकारी सञ्चार माध्यम आरटीएचकेले जनाएअनुसार नेपाली मुलका बाबु–छोराको कोरोना परीक्षण गर्दा छोराको पोजिटिभ रिपोर्ट आएको थियो। तर एकै थर भएको हुँदा अस्पतालमा स्वास्थ्यकर्मीहरू झुक्किएर छोराको सट्टामा बाबुलाई अस्पताल भर्ना गरेर एक रात आइसोलेसन वार्डमा राखिएको खुलेको हो।

पीडित नेपाली बाबु–छोराको व्यक्तिगत विवरण गोप्य राखिएको छ।

घटना विवरण अनुसार घरमै क्वारन्टिनमा रहेका एक नेपालीलाई गत सोमबार कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो। त्यसपछि उनीसहित उनका बाबु र नातेदारलाई पनि संक्रमण भएको हुन सक्ने आशंकामा अस्पताल लगिएको थियो। एउटै थर भएकाले अस्पतालमा स्वास्थ्यकर्मीहरू झुक्किए। र, बाबुलाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेर संक्रमित छोरालाई भने सरकारी क्वारन्टिन केन्द्रमा पठाए।

स्वास्थ्य केन्द्रका प्रमुख वोङ काहिङका अनुसार नेपालीको नाम र थर उस्तै देखिएकाले झुक्किएर त्रुटी हुन पुगेको हो। अस्पतालले गरेको गल्तीका लागि बोङले पीडित परिवारसँग माफी माग्दै छोरालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरी बाबुलाई क्वारन्टिन केन्द्रमा लैजाने व्यवस्था भइसकेको बताए।

स्वास्थ्य केन्द्रले कोरोना संकटबारे दैनिक ब्रिफिङ गर्ने क्रममा यस्तो त्रुटी भएको बताएको हो। यो खुलासासँगै हङकङमा दोस्रो नेपाली संक्रमित भएको पुष्टि भएको छ। यसअघि लान क्वाई फोङमा संक्रमित भएका एक नेपाली युवा अस्पतालमा उपचार गराइरहेका छन्।

मंगलबारको ब्रिफिङमा बारमा काम गर्ने एक जना ३८ वर्षीय नेपाली महिला पनि संक्रमित भएको संभावना रहेको बताइएको छ। १९ हप्ते गर्भवती उनको रिपोर्ट भने पुष्टि हुन बाँकी छ।

स्वास्थ्य अधिकारीहरूले मंगलबार हङकङमा २१ जना नयाँ संक्रमित पुष्टि भएको जनाएका छन्। जसअनुसार हङकङमा कोरोना संक्रमितको संख्या ९३५ पुगेको छ।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .