विश्व अर्थतन्त्रमा देखिएको कर युद्धको असर हङकङको आवास व्यापारमा पनि देखिएको छ।
यस वर्ष दोस्रो बजारमा घरको मूल्य १.७ प्रतिशतले घटेको छ भने प्रमुख बजार सूचकलाई आठ वर्षभन्दा बढी समयको सबैभन्दा कम स्तरमा पुर्याएको छ।
विश्वव्यापी कर युद्धको खतराले आर्थिक अनिश्चितता बढाएसँगै घरजग्गा बजारमा लगानीको सुस्तता देखिएको हो।
फेब्रुअरीमा कारोबार ०.५६ प्रतिशत घटेको थियो। सोमबार मूल्याङ्कन विभागले प्रकाशित गरेको सूचकांकले पनि कारोबारमा गिरावट नै देखाएको छ। सो सूचकांकअनुसार दोस्रो बजारमा मूल्य गतमहिना ०.४९ प्रतिशतले घटेको छ। सूचकांक जुलाई २०१६ मा अन्तिम पटक देखिएको स्तरमा त्रैमासिकको लागि १.७ प्रतिशतले घटेको हो।
सेप्टेम्बर २०२१ मा सहरको आवास बजार उचाइमा पुगेको थियो। त्यसअघि यहाँको सामाजिक अशान्ति र कोभिड-१९ महामारीले स्थानीय अर्थतन्त्रलाई मन्दीमा पुर्याएको थियो।
अमेरिका र चीनबीच बढ्दो व्यापार तनावले कारोबारीहरू पर्ख र हेरको अवस्था रहेको बताउँछन् सीबीआरई हङकङका मूल्यांकन एवं सल्लाहकार सेवाका कार्यकारी निर्देशक एडी क्वक।
यो तनाव तत्काल साम्य हुने परिस्थिति नदेखिँदा आवास मूल्य अझ घट्ने सम्भावना उनी औँल्याउँछन्।
Shares

प्रतिक्रिया