हङकङ साहित्यिक साझा श्रृङ्खलाको १४३औँ संस्करणसँगै हङकङमा साहित्यकार बालिका बान्तावाको पहिलो कृति ‘प्याउली’ (उपन्यास) विमोचन भएको छ।
किरात राई यायोक्खाका अध्यक्ष गजेन्द्रबहादुर राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रम मूल आयोजक किरात राई प्रज्ञा प्रतिष्ठानका कुलपति शशिमदन राईको अध्यक्षतामा भएको थियो।
कार्यक्रममा सहआयोजक संस्थाद्वय किरात राई बान्तावाखिमका कार्यवाहक अध्यक्ष धिरज बान्तावा र हङकङ साहित्यिक साझा श्रृङ्खलाका संयोजक रमण गुरुङको विशेष आतिथ्य रहेको थियो।

जोर्डनस्थित याक एन्ड यति रेस्टुरेन्टको सभाकक्षमा भएको कार्यक्रममा किरात राई यायोक्खाका संरक्षक हरिचन्द्र राई, माया (चन्द्रका) राई, सल्लाहकार दिलिप राई, रामली थुलुङ, किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष सर्वधन राई, दुमी फन्सिकिमका अध्यक्ष कमल दुमी, साम्पाङ जुम्लेखाका वरिष्ठ उपाध्यक्ष दिपक केशर राई, पुमा तुप्खाबाङ्खालाका अध्यक्ष पेङ्गुइन किरात, थुलुङ (राई) सामाका अध्यक्ष दिनेश राई, सोदेल कोयी/कोयू किमका अध्यक्ष प्रकाश राई, बायुङ सुम्निखिमका अध्यक्ष लोखराज राई, हङकङ साहित्यिक साझा श्रृङ्खलाका संरक्षक राजकुमार राई, दाजु गुरुङ, टंक सम्बाहाम्फे, सल्लाहकार चन्द्र मादेन आन्छन्, टिवी याक्खा, सुनिता गिरी, पूर्णिमा जी शाह, लेखक कमल पौडेल, किन्दर राई, साहित्यकार जानु काम्बाङ लिम्बू, नरजित राई, कवि जुनु राना, नेत्र जुनकिरी, डोम राना, अरुणा शर्मा, मेख आले, विष्णु मुखिया, विशु सम, हङकङ नेपाली महासंघका सल्लाहकार प्रदिप थापा, फियानोका अध्यक्ष कल्पना राई, शिक्षा तथा सञ्चारकर्मी डा. चुरा थापा, लोहोरुङ समाजका सचिव धर्म राई लगायतका व्यक्तित्वहरू अतिथिमा आमन्त्रित थिए।

मूल आयोजक संस्थाका सहसचिव बज्रकुमार राईको सञ्चालन र सचिव वसन्त राईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ‘प्याउली’को समीक्षा जानु काम्बाङ लिम्बू र राजकुमार राईले गरेका थिए।
तीनवटै आयोजक संस्थाले उपन्यासकार बान्तावालाई ताम्रापत्रसहित सम्मान गरेका थिए। यो पुस्तक हङकङको साहित्यिक जगतमा हङकङेली नेपाली नारीले लेखेको पहिलो उपन्यास बनेको छ।

Shares

प्रतिक्रिया