चीनले अमेरिकी सांसद, सरकारी अधिकारी र गैरसरकारी संस्थाहरुका प्रमुखमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ।
हङकङसम्बन्धी मुद्दाहरुमा बेइजिङले वासिङटनमाथि ‘जस्तालाई त्यस्तै’ प्रतिबन्ध लगाउने तयारी गरेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।
चीनको विदेश मन्त्रालयले सोमबार दिउँसो यो घोषणा गरेको हो।
गत महिना वासिङटनले हङकङ र चीनका ६ सरकारी अधिकारीलाई प्रतिबन्ध लगाएको थियो।
मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अमेरिकी प्रतिबन्धलाई हङकङ मामिलामा खराब हस्तक्षेपको रुपमा व्याख्या गरे। त्यसलाई उनले चीनको आन्तरिक मामिला भनेका छन्।
यसलाई चीनले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यताको सिद्धान्त उल्लंघनका रुपमा लिएको उनले बताए।
‘चीन ट्रम्पको जोसँग जति छ त्यति नै शुल्क लगाउने अमेरिकी निर्णयको विरोध गर्छ। चीनले पनि हङकङ मामिलाहरुमा हस्तक्षेप गर्ने अमेरिकी सांसद, सरकारी अधिकारी र एनजीओ प्रमुखहरुलाई प्रतिबन्ध लगाउँछ’, गुओले भने।
वासिङटनले राष्ट्रिय सुरक्षा र अन्य वरिष्ठ सरकारीहरुविरुद्ध हङकङका प्रजातन्त्र पक्षधर अभियन्तालाई उत्पीडन गरेको, बोल्न रोक लगाएको र आक्रमण गरेको भन्दै प्रतिबन्धको घोषणा गरेको थियो।
दुई देशबीच व्यापारिक तनाव बढिरहेका बेला चीनको पछिल्लो निर्णय आएको हो।
हङकङ मामिला हेर्ने बेइजिङका उच्च सरकारी अधिकृत सिया बाओलङले गत हप्ता हङकङबाट जाने वस्तुमा समेत लागू हुने अमेरिकी भन्सार शुल्कलाई लाजहीन भनेका थिए।
उनले बेइजिङ र हङकङका अधिकारीहरुमाथिको सन् २०२० अगस्टयता लगाइएका प्रतिबन्धको आलोचना समेत गरेका थिए। २०२० मा बेइजिङले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेको थियो।
Shares

प्रतिक्रिया