हङकङका वित्तीय सचिव पल चान मो पोले अमेरिकी व्यापार युद्ध चलिरहँदा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुले हङकङ र मूलभूमि चीनका बजारमा पुँजी भित्र्याउन खोजिरहेको बताएका छन्।
चानले ग्लोबल फन्डहरुका लागि एक सुरक्षित र निःशुल्क पोर्टको लागि हङकङले कमाएको ख्याति जोगाउने प्रतिबद्धता समेत जनाए।
आइतबार उनले विश्वका धेरै देशहरुका व्यावसायिक नेतृत्ववर्गसँगका पछिल्ला भेटघाट र छलफलहरुमा उनीहरुले अमेरिकी भन्सार शुल्कको विरोध गरेको समेत दाबी गरे। उनीहरुले अमेरिकी भन्सार शुल्कवृद्धिले अन्ततः अमेरिकाकै अर्थतन्त्रलाई कमजोर बनाई विश्वबजारमा एक्ल्याउने बताएको चानको दाबी छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै चिनियाँ वस्तुमा १४५ प्रतिशत भन्सार शुल्क लगाएका छन्। कतिपय वस्तुमा यस्तो दर २४५ प्रतिशतसम्म पुगेको छ।
आफ्नो आधिकारिक ब्लगमा चानले पछिल्ला घटनाक्रमकै बीच अन्तर्राष्ट्रिय पुँजी हङकङ र चीनमा द्रुतरुपमा आइरहेको आफूले पाएको उल्लेख गरेका छन्। उनका अनुसार कतिपय वित्तीय संस्थाहरुले हङकङमा आफ्ना व्यवसाय सञ्चालनहरु विस्तार गरी रोजगारी बढाएका छन्। कतिपयले वरिष्ठ व्यवस्थापनलाई हङकङमा पठाएको समेत उनको भनाइ छ। एससीएमपीबाट
Shares

प्रतिक्रिया