हङकङ साहित्यिक साझा श्रृङ्खलाको १४२औँ संस्करण सम्पन्न

हङकङ साहित्यिक साझा श्रृङ्खलाको १४२औँ संस्करण सम्पन्न

बज्रकुमार थुलुङ राई
चैत १८, २०८१ सोमबार १५:५७, हङकङ

हङकङ साहित्यिक साझा श्रृङ्खलाको १४२ औँ संस्करण याउमा तेईस्थित एकीकृत नेपाली समाज (हिन्स )को सभाकक्षमा सम्पन्न भएको छ।

श्रृङ्खलाका संयोजक रमन गुरुङको अध्यक्षता, सहसंयोजक रोशन यक्सोको उद्‌घोषण र पूर्वसंयोजक अरुणा शर्माको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममा श्रृङ्खलाका संरक्षक दाजु गुरुङ, राजकुमार राई, पहिलो संयोजक चन्द्र मादेन ‘आन्छन्’, डा. चेतकुमारी गुरुङ, सल्लाहकार टिवी याक्खा, सुनिता गिरी, बज्रकुमार राईलगायतका व्यक्तित्वको आतिथ्य रहेको थियो।

सो संस्करणमा अग्रज साहित्यिक व्यक्तित्वहरूद्वारा आ-आफ्ना विचार राखिनुका साथै साहित्यिक सिर्जनाहरू वाचन गरिएको थियो।

नेपालबाट प्राप्त भएका साहित्यिक पुस्तकहरू दीपक सुवेदीकृत ‘हङकङको नेपाली साहित्य र अन्य समालोचना’, कवि समीप वैरागीको ‘साहीमासा’ (कविता सङ्ग्रह) र म्यामराज राईको लघुकथासंग्रह ‘बुन्छत’ विमोचन गरिएको थियो।

सृजनावाचनको क्रममा कवि जुनु रानाले नेपालबाट प्राप्त कविता सङ्ग्रह ‘साहीमासा’ भित्रका कवितावाचन गरेकी थिइन्।

यस्तै, गजलकार सुन्दर गुरुङ, बज्रकुमार राई, कवि सुनिता गिरी, जानु काम्बाङ लिम्बू, रमण गुरुङ, डोम राना, अरुणा शर्मा, विष्णु मुखिया, खुसी लिम्बूलगायतका सर्जकले आ-आफ्ना रचना वाचन गरेका थिए।

सो श्रृङ्खलामा कवि तथा लेखक नरेन्द्र गुरुङ र बालकवि सुनिष्का याक्खाको पनि उपस्थिति रहेको थियो।

श्रृङ्खलामा पहिलोचोटि आएका डा. चेतकुमारी गुरुङ, खुसी लिम्बू र नागरिक आवाजका सम्पादक दिलिप राईलाई संयोजक रमण गुरुङले डायरी र कलम उपहारसहित खदा लगाएर स्वागत गरेका थिए।

कार्यक्रममा चित्रकार दिपेन्द्र राईले ‘दृष्टिका भगवान्’ भनेर चिनिएका डा. सन्दुक रुइतको चित्र कोरेर प्रदर्शन गर्दै उनको व्यक्तित्वबारे बोलेका थिए।

अन्य श्रृङ्खलाहरूभन्दा फरक र महत्त्वपूर्ण रहेको यस संस्करणमा उक्त शृङ्खलाका पूर्वसंयोजक स्व. लालबहादुर गुरुङको स्मृतिमा नगद राशीसहित प्रत्येक वर्ष एकजना साहित्यिक व्यक्तित्वलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ।

यस वर्षबाट नेपालका एकजना साहित्यिक सर्जकलाई नगद र ताम्रापत्रसहित सम्मानित पुरस्कार दिने पनि जनाइएको छ।

यसका साथै, पूर्वघोषित पुरस्कारहरूलाई निरन्तरता दिँदै आगामी मे महिनाको अन्तिम आइतबार श्रृङ्खलाको १३औँ वार्षिक उत्सव मनाउने घोषणा गरिएको थियो।

वार्षिकोत्सवमा श्रृङ्खलाको वार्षिक मुखपत्र विमोचन गर्नुका साथै घोषणा गरिएका सबै पुरस्कार प्रदान गरिने भनिएको छ।

स्मरण रहोस्, नेपालीभाषी लेखक/साहित्यकार, शिक्षक, पत्रकार तथा बुद्धिजीवीहरू एकै ठाउँमा भेला भएर प्रत्येक महिनाको आइतबार सम्पन्न गरिने यो श्रृङ्खला आजसम्म निरन्तर हुँदै आएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .