हङकङमा नाबालिग छात्रासँग यौन सम्बन्ध राख्ने शिक्षकलाई जेल सजाय

हङकङमा नाबालिग छात्रासँग यौन सम्बन्ध राख्ने शिक्षकलाई जेल सजाय

जिल्ला अदालतले प्रतिवादीलाई २२ महिनाको जेल सजाय सुनाएको छ (एससीएमपी)


नेपालखबर
चैत ११, २०८१ सोमबार १६:४८, हङकङ

हङकङको एक विद्यालयका पूर्वशिक्षकलाई नाबालिगसँग यौन सम्बन्ध राखेको आरोपमा २२ महिनाको जेल सजाय सुनाइएको छ।

४१ वर्षीय ती शिक्षक १५ वर्षीया बालिकासँग यौनसम्पर्क राखेको अपराधमा दोषी ठहर भएका हुन्। उनलाई वानचाइ जिल्ला अदालतले सोमबार सजाय सुनाएको हो।

घटनाअनुसार, ती बालिका सेप्टेम्बर २०२२ मा क्रिश्चियन स्कुलमा भर्ना भएको केही महिनापछि उनीहरू प्रेममा परे। र, जुन २०२३ को एक दिन चेङसा वानको सो युके स्टेट नजिकै रहेको सपिङ सेन्टरको शौचालयमा यौन सम्पर्क गरेका थिए। जतिबेला बालिका मात्र १४ वर्षकी थिइन्।

अहिले १६ वर्ष पुगेकी बालिकाले त्यतिबेला आफूले ‘शिक्षकको अनुरोध’ पालना गरेको बताएकी छन्। यो घटना भएको अर्को महिनामा पनि शिक्षकले बालिकालाई सोही शौचालयमा लगेर झन्डै १० मिनेटसम्म यौन दुर्व्यवहार गरे।

नोभेम्बर २०२३ मा भने शिक्षकले विद्यालयबाट राजीनामा दिए। यसपछि बालिकाबाट क्रमश: टाढिन थाले।

गतवर्ष जनवरीमा बालिकाका बाबुले उनले धुम्रपान गरेको भेटेपछि स्मार्टफोन जाँच गर्ने क्रममा घटना बाहिरिएको थियो।

जहाँ उनले इन्स्टाग्राममा पूर्वशिक्षकले आफ्नी छोरीसँग सन्देश आदानप्रदान गरेको भेटेका थिए।

त्यसको दुई दिनपछि उनले स्कुलका सहायक प्रधानाध्यापकसँग यो कुरा साझा गरे। जसको तीन दिनपछि प्रतिवादी पक्राउ परेका थिए।

सोमबार सजाय सुनाउँदै जिल्ला न्यायाधीश पाङ चङले मुद्दा गम्भीर भएको ठहर गरेका छन्।

‘म स्वीकार गर्दिनँ कि प्रतिवादीले पीडितसँग साँच्चै सम्बन्ध विकास गर्न चाहेका थिए,’ न्यायाधीश पाङले निर्णय सुनाउने क्रममा भनेका छन्, ‘उनी विवाहित छन् र बालिकाभन्दा २४ वर्ष जेठा छन्।’

अदालतले पीडितलाई विश्वासघात, उमेर अन्तर, नाबालिगसँगकको यौन सम्बन्ध लगायतका कसुरमा सजाय तोकेको छ। र, प्रत्येक अपराधका लागि एकदेखि डेढ वर्षसम्मको जेल सजाय सुनाएको छ। जुन समग्रमा २२ महिनाको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .