हङकङ : थुलुङ (राई) सामाको अध्यक्षमा दिनेश

हङकङ : थुलुङ (राई) सामाको अध्यक्षमा दिनेश

बज्रकुमार थुलुङ राई
चैत ४, २०८१ सोमबार १०:४०, हङकङ

हङकङवासी थुलुङ राईहरूको संस्था थुलुङ(राई) सामाको चौथो अधिवेशनबाट दिनेशकुमार थुलुङ राई अध्यक्षमा चयन भएका छन्।

१५ सदस्यीय कार्यसमितिको सबै पदाधिकारी निर्विरोध चयन भएका हुन्। जसको उपाध्यक्षमा दिनक सिंह थुलुङ, सचिवमा किरण थुलुङ राई, कोषाध्यक्षमा टीकाबहादुर थुलुङ राई, सहसचिवमा गौरव थुलुङ राई, सहकोषाध्यक्षमा केशरमान थुलुङ राई चुनिएका छन्।

त्यसैगरी ९ जना सदस्यमा बालकृष्ण थुलुङ राई, उर्मिला थुलुङ राई, रश्मिला थुलुङ राई, अनिल थुलुङ राई, खिमकला थुलुङ राई, हर्कबहादुर थुलुङ राई, कृतिका थुलुङ राई, मनिषा थुलुङ राई र कमल थुलुङ राई रहेका छन्।

सामाका निवर्तमान अध्यक्ष रामली थुलुङ राईको सभापतित्वमा भएको कार्यक्रममा किरात राई यायोक्खाका अध्यक्ष गजेन्द्रबहादुर राईको प्रमुख आतिथ्य रहेको थियो।

त्यसैगरी किरात राई प्रज्ञा प्रतिष्ठानका कुलपति शशिमदन राई, चाम्लिङ खाम्बातिमका अध्यक्ष सर्वधन राई, साम्पाङ जुम्लेखाका उपाध्यक्ष दिपककेसर राई, वान्तावाखिमका वरिष्ठ उपाध्यक्ष धीरजकुमार बान्तवा, पुमा तुप्खा बाङ्खालाका अध्यक्ष पेङ्गुन किरात, सोदेल कोयू / कोयीकिमका अध्यक्ष प्रकाश राई, थुलुङ राई सामाका सल्लाहकार माया (चन्द्रका) थुलुङ राई, सनराज थुलुङ राई र जेष्ठ नागरिक अमर थुलुङ राई कार्यक्रमका विशेष अतिथि थिए।

जोर्डनस्थित हंग्री आई रेस्टुरेन्ट एन्ड बारको सभाकक्षमा भएको उक्त अधिवेशनमा औपचारिक कार्यक्रमको सञ्चालन दिनेश राईले गरेका थिए भने बन्दसत्रको उद्‌घोषण बज्रकुमार राईले गरेका थिए।

थुलुङ राईहरूको बाक्लो उपस्थितिबीच सम्पन्न गरिएको सो  अधिवेशनबाट नवगठित कार्यसमितिलाई निर्वाचन मण्डलका प्रमुख अमर थुलुङ राई र सहायक सुमन थुलुङ राईले पद तथा गोपनीयताको शपथ खुवाएका थिए।

कोषाध्यक्ष रामनारायण थुलुङ राईले कोषमा मौजाद नगद ८६ हजार १ सय ३४ हङकङ डलर नवगठित कार्यसमितिलाई हस्तान्तरण गरेका थिए।

स्मरण रहोस्, थुलुङ (राई) सामा किरात राई यायोक्खाको एक भाषिक संस्था हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .