हङकङको चेङचाउमा एक महिला मृत फेला परेकी छन्। यहाँको लुथरन गाउँमा रहेको तरकारी खेतीनजिकै अर्धनग्न अवस्थामा महिलाको शव भेटिएको हो।
शनिबार दिउँसो करिब ४ बजेतिर बारीमा पुगेका यसका मालिकले महिला अचेत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए।
खबरपछि घटनास्थल पुगेका उद्धारकर्मीले महिलालाई त्यहीँ मृत घोषित गरेका थिए। घटनालाई शंकास्पद भन्दै प्रहरीले अनुसन्धान थालिएको जनाएको छ। साथै, पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको कारण भन्न सकिने बताएको छ। (द स्ट्यान्डर्ड)
132
Shares

प्रतिक्रिया