हङकङ : तलब नपाएको भन्दै हडतालमा उत्रिए दुई अस्पतालका कर्मचारी

हङकङ : तलब नपाएको भन्दै हडतालमा उत्रिए दुई अस्पतालका कर्मचारी

नेपालखबर
माघ २८, २०८१ सोमबार १२:४८, हङकङ

हङकङको क्वुनतङ र पोकफु लामस्थित दुई सार्वजनिक अस्पतालका कर्मचारी हडतालमा उत्रिएका छन्। तलब नपाएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।

बिहान ११ बजे कर्मचारीको एक समूहले क्वुनतङस्थित युनाइटेड क्रिश्चियन अस्पतालको प्रवेशद्वार अवरुद्ध गरेका थिए। उनीहरू तलब भुक्तानीको माग गरिएको ब्यानरसहित प्रदर्शनमा उत्रिएका हुन्।

कर्मचारीको विरोध प्रदर्शनपछि कानुन प्रवर्तन अधिकारीहरू घटनास्थल पुगी परिस्थितिको अनुसन्धान गरिरहेका छन्।

यस्तै, पोकफु लामस्थित क्विन मेरी अस्पतालमा पनि तलबको विषयलाई लिएर विवाद उत्पन्न भएको छ।

वर्षको सुरुमा अस्पतालले एक सुरक्षा कम्पनीसँग सुरक्षा गार्डको लागि नयाँ सम्झौता गरेको थियो।

जसअनुसार सुरक्षा गार्डले ६ फेब्रुअरी (बिहीबार) सम्झौतापछिको पहिलो तलब पाए। जसमा उनीहरूले आफ्नो तोकिएको तलबबाट सयदेखि हजार डलरसम्म कम पाए।

तलब कम पाएपछि उनीहरूले आफ्नो कम्पनीलाई खबर गरेका थिए। कम्पनीले सत्यत्थय बुझ्ने र भोलिपल्ट बाँकी भुक्तानी गर्ने आश्वासन दियो।

तर, त्यो पूरा नभएपछि उनीहरू विरोधमा उत्रिएका हुन्। पीडित सुरक्षा गार्डको संख्या ८० को हाराहारीमा छ।

समस्या समाधानका लागि उनीहरू सोमबार अस्पताल व्यवस्थापनसँगको छलफलमा रहेको द स्ट्यान्डर्डले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .