हङकङ : पर्यटक लुटपाटमा विदेशी नै संलग्न, ३ जना पक्राउ

हङकङ : पर्यटक लुटपाटमा विदेशी नै संलग्न, ३ जना पक्राउ

सेन्ट्रलस्थित लानक्वाई फङमा मोबाइल लुटिएको थियो (एससीएमपी)


नेपालखबर
माघ २७, २०८१ आइतबार १७:३६, हङकङ

हङकङ प्रहरीले द पिक र लान क्वाई फङका छुट्टाछुट्टै घटनामा चोरी गरेको आरोपमा तीन विदेशी नागरिकलाई पक्राउ गरेको छ।

द पिकको घटनामा एक पर्यटकले बिहीबार साँझ ७ बजेतिर आफ्नो वालेट चोरी भएको प्रहरीमा रिपोर्ट गरिन्। उनका अनुसार वालेटमा रहेको क्रेडिट कार्डबाट १६ हजार हङकङ डलर सामान किन्न प्रयोग भएको थियो। उनी द पिकको भ्रमणमा रहेको बेला वालेट चोरी भएको थियो।

रिपोर्ट गरिएको भोलिपल्ट (शुक्रबार) प्रहरीले घटनामा संलग्न दुई विदेशीलाई पक्राउ गर्‍यो।

‘धेरै सीसीटीभी फुटेजको अवलोकन र गहन अनुसन्धानपछि शुक्रबार चोरीका मुख्य दुई सदस्यलाई पहिचान गरी पक्राउ गरियो,’ केन्द्रीय जिल्ला अपराध टोलीका निरीक्षक हा मान-यीले शनिबार भने।

आरोपितहरू विदेशी राहदानी बोकेका ४१ र ४४ वर्षका पुरुष हुन्।

संदिग्धहरू बसेको होस्टेलमा छापा मार्दा अधिकारीहरूले अन्य ह्यान्डब्याग, वालेटहरूका साथै उनीहरूले अपराध गर्दा लगाएको लुगा समेत फेला पारेका थिए।

त्यस्तै, अर्का ३९ वर्षीय विदेशी नागरिक जो पहिचान फारम वाहक हुन्, उनी मोबाइल फोन लुटेको आरोपमा पक्राउ परेका छन्।

उनले शनिबार बिहान सेन्ट्रलस्थित लानक्वाई फङमा मादक पदार्थ सेवन गरेको व्यक्तिको मोबाइल लुटेका थिए। यो मोबाइलको मूल्य ८ हजार हङकङ डलर रहेको छ।

पहिचान फारम एक अस्थायी पहिचान कागजात हो जसले वाहकलाई सहरमा रहन अनुमति दिन्छ तर काम गर्न अनुमति दिँदैन।

शनिबार दिउँसोसम्म तीनै जना संदिग्ध सोधपुछको लागि हिरासतमा थिए। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .