आइतबार सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडिओमा हङकङको हिराम्स राजमार्गमा कैद गरिएको एउटा दृश्य छ, जहाँ तीव्र गतिको कारमा ब्रेक लगाउने क्रममा आगो बल्छ र एउटा पाङ्ग्रा खुस्केर अन्तै गुड्छ। कार अगाडि चोकमा राखिएको डिभाइडरमा पुगेर ठोकिन्छ।
उक्त भिडिओ सञ्जालमा आज अपलोड गरिएको भएता पनि यो घटना हिजो (शनिबार) साँझ ६ बजेतिर घटेको थियो। उक्त दुर्घटना नामपिन वाई नजिकै भएको हो।
तीव्र गतिमा गुडिरहेको कारले नियन्त्रण गुमाउन पुग्दा सुरुमा रेलिङमा ठोक्किएपछि रोक्न खोज्दा उक्त घटना घटेको द स्ट्यान्डर्डमा उल्लेख छ।
स्ट्यान्डर्ड अगाडि लेख्छ- सञ्जालमा प्रसारित अन्य दुई क्लिपहरूमा, ठक्करपछि चालक रगताम्य देखिन्थे। कारको अगाडिबाट आगो निस्किरहेको थियो र रेलिङमा अड्किएको थियो।
यसपछि अन्य गाडीका चालकले उनलाई बाहिर निस्कन मद्दत गरेका थिए। प्रहरी घटनास्थल आइपुगेपछि ५१ वर्षीय घाइते चालकलाई उपचारार्थ चुङक्वान ओ अस्पताल लगियो।
कारमा लागेको आगो आधा घण्टाभित्र अग्नि नियन्त्रण विभागको टोलीले नियन्त्रणमा लिएको थियो।
भिडिओ-
Shares

प्रतिक्रिया