क्याथे उडानमा खाद्य विषाक्तता : काठमाडौँ-हङकङ उडानका थप यात्रु बिरामी, सलादमा लगायो सीएचपीले प्रतिबन्ध

क्याथे उडानमा खाद्य विषाक्तता : काठमाडौँ-हङकङ उडानका थप यात्रु बिरामी, सलादमा लगायो सीएचपीले प्रतिबन्ध

बुधबारको उडानमा सुरुमा १० यात्रु बिरामी परेकोमा पछिल्लो समय थप ६ जना समेत प्रभावित भएका हुन् (तस्बिर : ह्यान्डआउट)


नेपालखबर
पुस २६, २०८१ शुक्रबार १८:९, हङकङ

क्याथे प्यासिफिकको उडानमार्फत काठमाडौँबाट हङकङ आएका यात्रुमा बिरामी पर्ने संख्या बढ्दै गएपछि हङकङको स्वास्थ्य सुरक्षा केन्द्र (सीएचपी) ले विमानमा उपलब्ध गराइने खानाको चुकन्दर (बिटरुट) सलादमा प्रतिबन्ध लगाएको छ।

बुधबारको उडानमा बिरामी परेका १० यात्रुमध्ये ९ जनाले विमानमा चढ्नुअघि एउटै टेकअवे खाना खाएको र उक्त खानामा रहेको स्यान्डविच प्रकोपको स्रोत भएको सीएचपीले प्रारम्भिक निष्कर्ष निकालेको थियो।

तर, प्रभावितको संख्या बढ्दै गएपछि सीएचपीले उडानकै खानामा निरीक्षण थाल्यो। साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार बुधबारको उडानमा पछिल्लो समय थप ६ जना बिरामी परेका छन्।

सोही टेकअवे खाना नखाएका यात्रु पनि बिरामी पर्दै गएपछि स्वास्थ्य अधिकारीहरूले इनफ्लाइट खाना आपूर्तिकर्ताकोमा निरीक्षण गरेका थिए। त्यहाँ भण्डारण तापमान लगायतका विधिहरू ठिकठाक थिए।

तर, चुकन्दर सलादमा धेरै म्यानुअल ह्यान्डलिङ प्रक्रिया समावेश थियो। यसपछि केन्द्रले यो सलादको आपूर्ति रोक्न निर्देशन दिएको हो। जम्मा ३६ यात्रुमध्ये २० जनाले बोर्डिङ पास लिनुअघि सोही प्रकृतिको टेकअवे खाना खाएका थिएनन्।

यद्यपि, अनुसन्धान अझै जारी रहेको केन्द्रले जनाएको छ। परीक्षणका लागि उडानमा दिइएका खानाका नमुनाहरू संकलन पनि गरेको छ।

सीएचपीले दुई उडानका यात्रुलाई फलोअप र चिकित्सा निगरानीका लागि सीएचपीको हटलाइन २१२५ २३७२ मा सम्पर्क गर्न पनि आह्वान गरेको छ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .