क्याथेको उडानमा काठमाडौँबाट हङकङ आएका २५ यात्रु बिरामी, ‘फुड पोइजनिङ’को आशंका

क्याथेको उडानमा काठमाडौँबाट हङकङ आएका २५ यात्रु बिरामी, ‘फुड पोइजनिङ’को आशंका

बुधबार र बिहीबारको छुट्टाछुट्टै २ उडानका २५ यात्रुले बिरामी भएको रिपोर्ट गरेका छन् (द स्ट्यान्डर्ड)


नेपालखबर
पुस २५, २०८१ बिहिबार ११:५६, हङकङ

क्याथे प्यासिफिक एयरवेजको उडानमार्फत नेपालबाट हङकङ आएका यात्रु बिरामी परेका छन्।

बुधबार र बिहीबार छुट्टाछुट्टै २ उडानमार्फत हङकङ आएका २५ यात्रुले ‘फुड पोइजनिङ’को लक्षण रिपोर्ट गरेका हुन्।

आज बिहान करिब ५ बजे सीएक्स६४० को काठमाडौँ-हङकङ उडानका १५ यात्रुले बिरामी परेको बताएका हुन्। उनीहरूलाई अवतरणपछि उत्तरी लान्ताउ अस्पताल पठाइएको थियो।

त्यस्तै, हिजो (८ जनवरी) पनि क्याथेकै उडानमार्फत काठमाडौँबाट आएका १० यात्रुले बिरामी परेको रिपोर्ट गरेका थिए। उनीहरूमा वाकवाकी लाग्ने, पेट दुख्ने र ज्वरो आउने जस्ता लक्षण देखिएको थियो।

स्वास्थ्य सुरक्षा केन्द्र (सीएचपी)ले जनाएअनुसार हिजोको उडानमा बिरामी पर्नेहरूमा ६ पुरुष र ४ जना महिला छन्। जो २१ देखि ३८ वर्ष उमेर समूहका हुन्।

उनीहरूले उडानमा खाना खाएको १० देखि ३० मिनेटपछि अस्वस्थ महसुस गरेका थिए।

यद्यपि, बिरामी परेकाहरूमध्ये ९ जनाले विमानमा चढ्नुअघि एउटै टेकअवे खाना खाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको सीएचपीले बताएको छ। उनीहरूले उडानमा चढ्नुभन्दा करिब २ घण्टाअघि टेकअवे खानामा चिकेन स्यान्डविच र काँक्रो तथा गोलभेडाको सलाद खाएका थिए।

सीएचपीले सम्भवतः स्यान्डविच प्रकोपको स्रोत भएको बताएको छ।

बिहीबार हङकङमा अवतरण गर्ने १५ जना बिरामी यात्रुले पनि उडानअघि सोही स्यान्डविच खाएका थिए वा थिएनन् भन्ने कुरा भने स्पष्ट छैन।

सीएचपीले घटनाको अनुसन्धान भइरहेको र परीक्षणको लागि उडानमा दिइने खानाको नमुना सङ्कलन गरेको जनाएको छ।

बुधबारको उडानमा, यात्रुलाई समस्या देखिएपछि क्याबिन क्रुले १० जना यात्रुलाई सहयोग प्रदान गरेको, स्थापित प्रक्रियाअनुसार चिकित्सा सल्लाह खोजेको र हङकङका अधिकारी र चिकित्सा टोलीलाई सूचित गरिएको क्याथेले जनाएको छ।

साथै, संलग्न विमानलाई राम्ररी कीटाणुरहित गरिने र घटनाको अनुसन्धान गर्ने कम्पनीले जनाएको छ।

सुझबुझपूर्ण सहयोगका लागि सम्बन्धित कर्मचारी र अन्य यात्रुलाई क्याथेले कृतज्ञता व्यक्त गरेको छ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .