हङकङमा टी३ संकेत राति ११ बजेसम्म लागु हुने, यस्तो छ टी८ को सम्भावना

हङकङमा टी३ संकेत राति ११ बजेसम्म लागु हुने, यस्तो छ टी८ को सम्भावना

उच्च चेतावनी संकेत जारी गर्ने/नगर्ने आँधीको अवस्थामा भर पर्नेछ (दुवै तस्बिर : एससीएमपी)


नेपालखबर
कात्तिक २८, २०८१ बुधबार १४:२२, हङकङ

हङकङ अब्जरभेटरीले बुधबार दिउँसो २:४० मा जारी गरेको कडा हावा सङ्केत नम्बर ३ कम्तीमा आज राति ११ बजेसम्म कायम रहने बताएको छ। उष्णकटिबन्धीय आँधी तोराजी सहरबाट नजिकिएसँग स्थानीय वायु क्रमशः बलियो भएको पनि अब्जर्भेटरीले बताएको छ।

दिउँसो ३ बजे तोराजी हङकङको लगभग २३० किलोमिटर दक्षिणपूर्वमा रहेको अनुमान गरिएको छ। र, यो ग्वान्दोङ तटको नजिक १२ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपश्चिम सर्ने अनुमान गरिएको छ।

उत्तरपूर्वी मनसुनसँगको संयुक्त प्रभावमा स्थानीय वायु बिस्तारै बलियो हुँदै गएको र अपतटीयत तथा उच्च जमिन भएका क्षेत्रमा आज रातिदेखि भोलि बिहान हावाहुरी चल्ने समेत मौसमविद्ले बताएका छन्।

पछिल्लो पूर्वानुमानअनुसार तोराजी आज रातिदेखि भोलि बिहानसम्म हङकङबाट १५० देखि २ सय किलोमिटर दक्षिणतर्फ जानेछ र कमजोर हुनेछ। अब्जर्भेटरीकी वरिष्ठ वैज्ञानिक ली शुक मिङलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार तोराजी बुधबार बिहान ८ बजेसम्म सहरबाट ३ सय किलोमिटर दक्षिणपूर्वमा रहेको थियो र यो बिहीबार बिहान सहरको निकै नजिकै रहने अनुमान गरिएको छ।

टी३ चेतावनी संकेत कम्तीमा आज राति ११ बजेसम्म लागु रहनेछ

तर, हङकङ नजिक आएपछि आँधी तोराजी कमजोर बन्ने पनि उनले बताएकी छन्।

सन् १९६१ देखि रेकर्ड सुरु भएयता पहिलो पटक नोभेम्बरमा पश्चिमी उत्तर प्रशान्त र दक्षिण चीन सागरमा एकै समयमा चार वटा चक्रावात देखापरेको पनि वैज्ञानिक मिङले बताइन्।

‘केही दिनअघि हङकङ यिनक्सिङबाट प्रभावित थियो, अहिले तोराजी र उसागी तथा अर्को मान-यी नाम गरेको टाइफुन बाटोमै छ,’ उनले भनिन्।

उच्च चेतावनी संकेत जारी गर्ने/नगर्ने सम्बन्धमा तोराजी पर्ल नदीको मुहान नजिक पुग्दा यसको कमजोर हुने अनुपात, त्यहाँबाट आँधीको दूरी र स्थानीय हावाको अवस्था परिवर्तन निर्भर रहने समेत अब्जर्भेटरीले जनाएको छ।

आँधी नजिकिएसँगै बुधबार बिहान हङकङको शिक्षा ब्युरोले शारीरिक वा बौद्धिक अपाङ्गता भएका बालबालिका पढ्ने किन्डरगार्टेन तथा विद्यालय बन्द गर्ने घोषणा गरिसकेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .