हङकङमा सडक दुर्घटना : ९ महिनामा ३० जना पैदलयात्रीको मृत्यु

हङकङमा सडक दुर्घटना : ९ महिनामा ३० जना पैदलयात्रीको मृत्यु

सन् २०२२ मा सानपो कङमा भएको एउटा दुर्घटनामा दुई जना पैदलयात्रीको ज्यान गएको थियो (द स्ट्यान्डर्ड)


नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १२:२७, हङकङ

हङकङमा यो वर्षको पहिलो ९ महिनामा ३० जना पैदलयात्रीको मृत्यु भएको छ।

सांसदहरूले एसएआर सरकारलाई ट्राफिक नियमको पालना नगर्ने पैदलयात्रीको तथ्याङ्क उपलब्ध गराउन आग्रह गरेपछि यो तथ्य बाहिर आएको हो।

तथ्याङ्कअनुसार यस अवधिमा सामान्य घाइतेको संख्या १ हजार ६ सय ४५ र गम्भीर घाइतेको संख्या १८० रहेको छ।

यसैबीच, प्रहरी बलले दिएको जानकारीअनुसार सोही अवधिमा पैदलयात्रुको हकमा ६ हजार ९ सय ४१ कारवाही भएका छन्। जसमध्ये ५ हजार ३ सय ८६ ट्राफिक बत्ती संकेत नमान्ने पदयात्रीसँग सम्बन्धित छन् भने सिग्नल क्रसिङको १५ मिटर दायराभित्र सडक पार गरेको ८१५ र फुटब्रिज वा सबवेको १५ मिटर दायराभित्र सडक पार गरेकोमा ४४३ कारवाही भएका छन्।

यता, लेगको प्रश्नको लिखित जवाफ दिने क्रममा यातायात तथा रसद सचिव लाम साइले भने यस वर्षको पहिलो अर्धवार्षिकमा भएका ट्राफिक दुर्घटनामा पैदलयात्रुको मृत्यु संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा लगभग १० प्रतिशतले घटेको बताएका छन्। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .