हङकङको न्यु याउमा तेई सार्वजनिक कार्गो कार्य क्षेत्रमा आगलागी भएको छ।
सोमबार साँझ ५ बजेतिर प्यालेटमा आगलागी भएको रिपोर्ट प्राप्त गरेको प्रहरीले जनाएको छ। ६ बजेसम्म खुला क्षेत्रबाट डक गरिएको जहाजमा आगो फैलिएपछि नम्बर ३ अलार्म लागु गरिएको थियो।
आगलागीका कारण दशौँ मिटरको उचाइसम्म धुवाँको मुस्लो मडारिएको थियो। अग्निनियन्त्रकको टोलीले आगो नियन्त्रणका लागि दुई वटा जेट प्रयोग गरेको थियो। घटनामा कुनै हताहतीको खबर प्राप्त छैन। (द स्ट्यान्डर्ड)
भिडिओ-
768
Shares

प्रतिक्रिया