संखुवासभा समाज हङकङले हङकङमा रहेका आफ्ना जिल्लावासीलाई चीन भ्रमणमा लगेको छ।
चार दिन चीन भ्रमणका लागि शुक्रबार ४४ सदस्यीय जम्बो टोली हङकङ चाइना साउर्दन एअरलाइन्सको नियमित उडानबाट राजधानी बेइजिङ पुगिएको समाजका अध्यक्ष लीलाबहादुर गुरुङले जानकारी दिए।
पछिल्लो समय हङकङका नेपालीमा पनि घुम्ने रुचि बढेको छ।
‘दसैँलक्षित योजना बनाएर चीन भ्रमण गराएका छौँ’, अध्यक्ष गुरुङले भने, ‘विदेश घुम्ने इच्छुक जिल्लावासीलाई समेटेर यति ठूलो संख्यामा संस्थागत भ्रमण सम्भवत: यो पहिलो र ऐतिहासिक हुने विश्वास गरेका छौँ।’
हङकङका नेपालीको रोजाइमा रहेको मिग अल्फा ट्राफलको समन्वयमा ४ दिने प्याकेज भ्रमण गरिएको हो।
भ्रमणमा चीनको ऐतिहासिक तथा प्राचीन वास्तुकलाअन्तर्गतको तियानमेन चोक दरबार मार्ग, ग्रेटवाल, स्वर्गको मन्दिर साथै आधुनिक चीन विकासको अध्ययन/अवलोकन गरिने गुरुङले जानकारी दिए।
गुरुङ संखुवासभा समाज हङकङको दसौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष हुन्।




Shares

प्रतिक्रिया