हङकङमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु, संक्रमितको संख्या १ सय १४ पुग्यो

हङकङमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु, संक्रमितको संख्या १ सय १४ पुग्यो

नेपालखबर
फागुन २६, २०७६ सोमबार ७:५४,

आइतबार हङकङ समयअनुसार साँझ ५ बजेर १३ मिनेट जाँदा चिउङ सा वानकी ७६ वर्षकी महिलाको कोरोनाका कारण ज्यान गएको हो।

यससँगै हङकङमा मृतकको संख्या ३ पुगेको हो। डाएबेटिजले ग्रस्त ती महिला गत फेब्रुअरी २९ मा क्यारिटास मेडिकल सेन्टर भर्ना भएकी थिइन्।

यहाँका स्वास्थ्य अधिकारीहरुका अनुसार हालसम्म हङकङमा ११४ जना कोरोनाबाट संक्रमित देखिएका छन्।

हाल विश्वका ८५ भन्दा बढी मूलुकमा कोरोनाको संक्रमण फैलिएको छ। चीनको हुपेइस्थित वुहान शरहमा गत डिसेम्बरमा पहिलोपटक कोरोनाको संक्रमण दखिएको थियो।

विश्वभर अहिले १ लाख ९ हजार २७१ जनामा कोरोनाको संक्रमण देखिउको छ। यसबीचमा ३ हजार ८१६ को मृत्यु भइसकोको छ।

चीनमा मात्र ८० हजार ७३५ संक्रमित छन् त्यहाँ ३१ सय १९ को मृत्यु भइसकेको छ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .